Online Bible

- Reklamy -

उत्पत्ति 10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण


जाति-जातिहरूका तालिका

1 नोआका छोराहरू शेम, हाम र येपेतको विवरण यही हो। जलप्रलयपछि तिनीहरूका आफ्नै छोराहरू भए।


येपेतका वंशहरू

2 येपेतका छोराहरू: गोमेर, मागोग, मादी, यावान, तूबल, मेशेक र तीरास।

3 गोमेरका छोराहरू: अश्कनज, रिपत र तोगर्मा।

4 यावानका छोराहरू: एलीशा, तर्शीश, कित्तीम र रोदानीम।

5 (यिनीहरूबाट नै समुद्री तटबासीहरू; तिनीहरूका आ-आफ्नै कुल र प्रत्येकको आफ्नै भाषाअनुसार तिनीहरूका राष्ट्रभित्र विभिन्‍न क्षेत्रहरूमा फैलिए।)


हामका वंशहरू

6 हामका छोराहरू: कूश, इजिप्ट, पूत र कनान।

7 कूशका छोराहरू: सेबा, हवीला, सब्ता, रामाह र सब्तेका। रामाहका छोराहरू: शेबा र ददान।

8 कूश निम्रोदका पिता थिए; जो पृथ्वीमा एक शक्तिशाली योद्धा बने।

9 तिनी याहवेहको सामु एक शक्तिशाली शिकारी थिए; त्यसैकारण यसो भन्‍ने चलन छ, “याहवेहको सामु निम्रोदझैँ, एक शक्तिशाली शिकारी।”

10 तिनको राज्यका प्रथम केन्द्रहरू बेबिलोन, एरेक, अक्‍काद र कल्नेह हुन्, जुन शिनार देशमा छन्।

11 त्यस देशबाट तिनले आफ्नो क्षेत्रफल अश्शूरतिर फैलाए, जहाँ तिनले निनवे, रहोबोत-इर, कालह सहरहरू

12 अनि निनवे र कालहको बीचमा ठूलो सहर रेसेन बनाए।

13 इजिप्टचाहिँ यिनीहरूका पिता थिए: लूदीमहरू, अनामीहरू, लहाबीहरू, नप्‍तूहीहरू,

14 पत्रुसीहरू, कस्लूहीहरू (जसबाट पलिश्तीहरू आए), र कप्‍तोरीहरू।

15 कनानचाहिँ यिनीहरूका पिता थिए: आफ्ना जेठा छोरा सीदोन र हित्ती,

16 यबूसी, एमोरी, गिर्गाशी,

17 हिव्वी, अरकी, सिनी,

18 अर्वादी, सेमारी र हमातीहरूका पिता थिए। पछि कनानीहरूका कुलहरू फैलिए,

19 अनि कनानीहरूका सिमानाहरू सीदोनदेखि गरारतिर गाजासम्म पुग्यो, अनि त्यहाँबाट सदोम, गमोरा, अदमा, सबोयीम भएर लासासम्म थियो।

20 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका हामका छोराहरू यिनै हुन्।


शेमका वंशहरू

21 शेमका छोराहरू जन्मिए, र शेमचाहिँ येपेतका भाइ थिए; शेम नै एबेरका सबै सन्तानका पुर्खा थिए।

22 शेमका छोराहरू: एलाम, अश्शूर, अर्पक्षद, लूद र अराम।

23 अरामका छोराहरू: ऊज, हूल, गेतेर र मेशेक।

24 अर्पक्षद शेलहका पिता थिए, अनि शेलहचाहिँ एबेरका पिता थिए।

25 एबेरका दुई छोराहरू जन्मिए: एउटाको नाम पेलेग राखियो; किनकि पृथ्वी तिनकै पालोमा विभाजन भएको थियो। तिनको भाइको नाम योक्तान राखियो।

26 योक्तान यिनीहरूका पिता थिए: अल्मोदद, शेलेप, हसर्मवेत, येरह,

27 हदोराम, ऊजाल, दिक्ला,

28 ओबाल, अबीमाएल, शेबा,

29 ओपीर, हवीला र योबाब। यी सबै योक्तानका छोराहरू थिए।

30 (तिनीहरू बसेको ठाउँ मेशादेखि पूर्वीय पहाडी देशको सपारासम्म फैलिएको थियो।)

31 तिनीहरूका कुल र भाषाअनुसार आ-आफ्ना क्षेत्र र राष्ट्रहरूमा रहेका शेमका छोराहरू यिनै हुन्।

32 तिनीहरूका आफ्ना राष्ट्रभित्र, तिनीहरूका वंशका घरानाअनुसार नोआका छोराहरूका कुलहरू यिनै हुन्। जलप्रलयपछि पृथ्वीमा यिनीहरूबाट नै विभिन्‍न जातिहरू फैलिँदै गए।

 पवित्र बाइबल, नेपाली समकालीन संस्करण

 प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.

 अनुमतिसहित प्रयोग गरिएको छ।

 सम्पूर्ण अधिकार विश्‍वव्यापी रूपमा सुरक्षित रहनेछ।

 Holy Bible, Nepali Contemporary Version

 Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.

 Used with permission. All rights reserved worldwide. 

Biblica, Inc.
Následuj nás:



Reklamy