एस्तर 10 - पवित्र बाइबल नेपाली समकालीन संस्करणमोर्दकैको महानता 1 राजा अहासूरसले राज्यभरि अन्तिम सिमानासम्म राजकर तिर्न लगाए। 2 अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्। 3 यहूदी मोर्दकै, राजा अहासूरसपछि दोस्रो दर्जामा थिए। यहूदीहरूका बीचमा सर्वश्रेष्ठ र आफ्ना सबै यहूदीहरूद्वारा सम्मानित थिए; किनकि तिनले आफ्ना मानिसहरूका भलाइको काम गरेका थिए, र सारा यहूदीहरूको भलाइका निम्ति बोलेका थिए। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.