मर्कुस 2 - बोटेकुजो मानिस सन्चो होख्लो ( मति ९:१-८ ; लुका ५:१७-२६ ) 1 केइ दिनपाछु येसु कफर्नहुम सहर फर्किक्। अनि उ घरमा बाटि कहि मानिसहान्इ खबर सुन्वाइ। 2 अनि यत्रो धेरे मानिसहान बट्टेहाइ कि उनहान उथि नाअटावाइ, घरको बाहिर पनि बिस्लार ठउँ नापुगिक, र येसुइ मानिसहान्के परमेस्वरको बचन प्रचार गर्तिहि रहिक्। 3 अनि चार जना मानिसहान्इ एक जना कुजो मानिसके बोकिकनि ओख्रोठुँ आइपुग्वाइ। 4 मानिसहान्को भिडइ गर्ते उनहान्इ ओइ मानिसके भित्र येसुठुँ लेगे नासक्वाइ, उसिगर्ते येसु बिस्लो ठउँको ठिक उप्रोको छानिके उनहान्इ उजार्वाइ र ओइ मानिसके ओच्छ्यानसिन ओघ्रावाइ। 5 येसुइ उनहान्को बिस्वास देखिकनि ओइ कुजो मानिसके कहिक्, “भाइ, तोरो पापहान माफ होख्लाटि।” 6 तर उथि केइ धर्म गुरुहान बिसिधार्लो रहाइ, उनहान्इ आफ्नो मनमा इसि कहिकनि बिचार गरिधार्लो रहाइ, 7 “इ मानिसइ क्यारे एस्नो बोल्तिहि बाटि? परमेस्वर बाहेक अरु कुन्इ पाप माफ गरे सक्ताइ र, एइ त परमेस्वरको बदनाम गरिक्!” 8 येसुइ उनहान्को मनको कुरा तुरुन्ते थाहा पाइघालिक र उनहान्के कहिक्, “ताहान्इ क्यारे आफ्नो मनमा एस्नो सोच्ताओ? 9 इ कुजो मानिसके, ‘तोरो पापहान माफ होखिक्’ कहे, कि ‘उठ्, तोरो ओच्छ्यान बोकिकनि भोहइ’ कहे कुन सझिलो बाटि? 10 तर मइ मानिसको छउनाके इ धर्तिमा पाप माफ गर्लार हक बाटि कलार कुराको सबुत मइ ताहान्के देखातिन।” तब येसुइ कुजो मानिसके कहिक्, 11 “मइ तोर्हाइ कतिन, उठ्, आफ्ने ओच्छ्यान बोक्हइ र घर जा।” 12 उ मानिस उठिक, र तुरुन्ते ओच्छ्यान बोकिकनि सभइको आघुभि जाइघालिक्। अनि सभइ मानिसहान छक्क पर्वाइ, “एस्नो त हामि कन्हुँ नादेख्लो रहुँ।” कतिहिँ उनहान्इ परमेस्वरको पर्सम्सा गर्वाइ। येसुइ कर उठालाहार लेबिके बोलालो ( मति ९:९-१३ ; लुका ५:२७-३२ ) 13 येसु फेरि गालिल समुन्द्रको छेउमा जाइक्। अनि मानिसहान्को एउटा बड्को भिड ओख्रोठुँ आवाइ, र ओइ उनहान्के परमेस्वरको बचन सिखाए लागिक। 14 अनि उथिभि जितिहि गर्ते अल्फयसको छउना लेबिके कर उठालार ठउँमा बिसिधार्लो देखिक्। र येसुइ ओख्राइ कहिक्, “मोरो पाछु लागहइ।” अनि उ उठिकनि ओख्रो पाछु लागिक्। 15 केइ समयपाछु येसु र ओख्रो चेलाहान लेबिको घरमा भात खाए बिस्तेखेरि धेरे जना कर उठालाहार र पापिहान पनि बिसिधार्लो रहाइ। क्यारेकनिसिन उनहानमध्ये ओख्राइ पछ्यालारहान धेरे रहाइ। 16 येसुके पापिहान र कर उठालाहारहान्सिन खाइधार्लो देखिकनि फरिसि समुहको धर्म गुरुहान्इ ओख्रो चेलाहान्के कहाइ, “उ क्यारे कर उठालाहार र पापिहान्सिन बिसिकनि खइताइ?” 17 इ सुनिकनि येसुइ उनहान्के कहिक्, “निरोगिहान्के डाक्टरको खाचो नापर्ताइ, तर रोगिहान्के मात्रे पर्ताइ। उसिगर्ते मइ धर्मिहान्के नाहो, तर पापिहान्के बोलाए आउलाटिन।” उपास नाबिस्ते पर्स्न ( मति ९:१४-१७ ; लुका ५:३३-३९ ) 18 बप्तिस्मा देलार युहन्नाको चेलाहान र फरिसिहान उपास बिस्तरहाइ। केइ मानिसहान आइकनि येसुके कहाइ, “युहन्नाको चेलाहान र फरिसिको चेलाहान उपास बिस्तात्, तर तोरो चेलाहान चाहि क्यारे उपास नाबिस्तात्?” 19 तब येसुइ उनहान्के उखानभि कहिक्, “क्या बिहामा दुलाहा जन्तिहान साङ्हे रहुनज्याल उपास बिस्तात् र? जन्हासम्म दुलाहा उनहान्सिन रताइ उनहान उपास नाबिस्तात्। 20 तर ओस्नो दिन पनि आउताइ, जब दुलाहाके उनहान्ठुँभि छुटाएभि, तब उनहान उपास बिस्तात्। 21 “कुनुहि पनि पुरानो च्याथेलो लुगामा नयाँ लुगाको टाल्हा नाघाल्ताइ, नत्र नयाँ टाल्हा खुम्चिकनि पुरानो लुगाके च्यात्ताइ र झन पहिलिकते बड्को च्याथिदेताइ। 22 अनि कुन्हुँइ ताजा अङ्गुरको जाड पुरानो छालाको थइलिमा नाघाल्तात्, नत्र ओइ अङ्गुरको जाडइ छालाको थइलिहान्के फुटाइदेताइ, र अङ्गुरको जाड र थइलि दोहइ खेर जिताइ। तर ताजा अङ्गुरको जाड नयाँ छालाको थइलिमा धारेपर्ताइ।” बार्नाको दिनको बारेमा पर्स्न ( मति १२:१-८ ; लुका ६:१-५ ) 23 एकपल्ट येसु र ओख्रो चेलाहान्सिन बार्नाको दिन गहुखेतको बाटभि जितिहि रहिक्। जितिहि गर्ते ओख्रो चेलाहान्इ गहुको बाला टिपे लाग्वाइ। 24 इ देखिकनि फरिसिहान्इ येसुके कहाइ, “चाहो, बार्नाको दिनमा धर्म नियममा ज्या गरे नाहोख्ताइ ओइ धन्दा तोरो चेलाहान्इ क्यारे गर्तिहि बाटाइ?” 25 येसुइ उनहान्के जबाफ दिहिक्, “जब राजा दाउद र ओख्रो साखाक्हान खाचोमा पर्लो र भुखाइलो रहाइ तब दाउदइ क्या गरिक्? क्या ताहान्इ कन्हुँ हाम्रो धर्म नियममा नापढो? 26 दाउद चाहिँ अबियाथार बड्को पुजारि होख्लो बेलामा परमेस्वरको घर भित्र पिसिक, र परमेस्वरके चढालो रोटि खाइक्, जुन चिज धर्म नियममा पुजारि बाहेक अरुइ खाए नाहोख्तरिक्। तर पनि दाउदइ त आफिइ मात्रे नाखाइकनि ओंइ रोटि ओख्रो साङ्हे साखाहान्के पनि खाए दिहिक्।” 27 येसुइ बोलि टुङग्यातिहि कहिक्, “बार्नाको दिन मानिसको लागि बनाहेलो हो, तर मानिस बार्नाको दिनको लागि नाहो। 28 उसिगर्ते मइ मानिसको छउना बार्ना दिनको पनि पर्भु हो।” |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.