लुका 6 - बोटेबार्ना दिनको बारेमा पर्स्न ( मति १२:१-८ ; मर्कुस २:२३-२८ ) 1 येसु बार्नाको दिनमा गहुखेतको बाटभि जितिहि रहिक्। ओख्रो चेलाहान्इ गहुको बाला टिपिकनि हातइ माडिकनि खाए लाग्वाइ। 2 केइ फरिसिहान्इ कहिक्, “बार्नाको दिनमा धर्म नियममा ज्या गरे नाहोख्ताइ ताहान्इ क्यारे ओइ धन्दा गर्ताओ?” 3 येसुइ उनहान्के जबाफ दिहिक्, “क्या ताहान्इ नापढो राजा दाउद र ओख्रो साखाक्हान भुखाइलो बेरामा क्या गर्लो रहाइ? 4 परमेस्वरको घर भित्र जाइकनि परमेस्वरके चढालो रोटि साखाहान्सिन खावाइ। तर धर्मको नियम अनुसार पुजारि बाहेक कुनुहि पनि खाए नाहोख्तरिक्।” 5 येसुइ बोलि टुङग्यातिहि कहिक्, “मानिसको छउना बार्ना दिनको पनि पर्भु हो।” हात सुखाइलो मानिस सन्चो होख्लो ( मति १२:९-१४ ; मर्कुस ३:१-६ ) 6 आर्को एक बार्ना दिनमा येसुइ सभाघरमा जाइकनि बचन सिखातिहि रहिक्। ओइठुँ दाहिन्या हात सुखाइलो एउटा मानिस रहिक्। 7 धर्म गुरुहान र फरिसिहान येसुके दोस लगाए खोजिधार्लो रहाइ, बार्ना दिनमा येसुइ ओइ मानिसको हात सन्चो बनाताइ कहि चाहिधर्लो रहवाइ। 8 तर येसुइ उनहान्को मनको बोलि थाहा पाइकनि हात सुखाइलो मानिसके कहिक्, “इथि आइकनि ठेढाहइ।” अनि ओइ आघुपट्टि जाइकनि ठेढाइक्। 9 अनि येसुइ उनहान्के कहिक्, “आब कहो हाम्रो धर्मको नियममा बार्ना दिनमा क्या गरे ठिक होख्ताइ? कहो नाम्रो गरे कताइ कि ननाम्रो गरे? बचाए कताइ कि मारे?” 10 ओइ सभइ मानिसके चाहातिहि ओख्राइ कहिक्, “तोरो हात तन्काहइ।” ओइ हात तन्काइक्, र ओख्रो हात सन्चो होखिघालिक। 11 इ देखिकनि फरिसिहान बेस्के रिसावाइ र येसुके क्या गरे कहिकनि सल्लाहा गरे लाग्वाइ। येसुइ बार जना पेरेरितहान छान्लो ( मति १०:१-४ ; मर्कुस ३:१३-१९ ) 12 एक दिन येसु पाहाडमा पर्थना गरे जाइक्, अनि परमेस्वरसिन रातभरि पर्थना गरिक्। 13 बेहानो होख्लो पाछु, ओइ चेलाहान्के बोलाइकनि उनहान मध्यभि बार जनाके छानिक, अनि उनहान्के पेरेरित कलाहार नाउँ धार्दिहिक। 14 बार जना चेलाहान इनहान हो: सिमोन (पतरुस नाउँ धरदिहिक्) र ओख्रो भइयाक अन्दिरियास, याकुब, युहन्ना, फिलिप, बारथोलोमाइ, 15 मति, थोमा, अल्फयसको छउना याकुब, देसभक्त कलाहार सिमोन, 16 याकुबको छउना यहुदा, अनि यहुदा इस्करियोत जुन पाछाभि बिस्वासघाति होखिक्। येसुइ धेरे मानिसहान्के सन्चो बनालो ( मति ४:२३-२५ ) 17 येसु चेलाहान्सिन डाडाभि तर ओघ्रि चउरमा आइक र ठेढाइक्। उथि चेलाहान र अरु धेरे मानिसहान्को बड्को भिड लाग्लो रहिक्। यहुदियाको सभइ ठउँरिभि र येरुसलेम सहरभि अनि समुन्दरको छेउमा परलाहार टुरोस र सिदोनभि आउलो धेरे मानिसहान बट्टेलो रहाइ। 18 उनहान ओख्रो बचन सुने र आफ्नो आफ्नो रोगभि सन्चो होखे आउलो रहाइ। भुत आत्मा लागिकनि दुख पाउलो मानिसहान पनि सन्चो होख्वाइ। 19 ओख्राइ मानिसको भिडइ छोए खोज्वाइ, क्यारेकनिसिन ओख्रोभि निस्केलो सक्तिइ सभइ जना सन्चो होख्तरहिक्। येसुइ देलो उपदेस ( मति ५:१-१२ ) 20 तब येसुइ आफ्नो चेलाहान्के चाहाति कहिक्, “हे गरिब हो ताहान धन्येको बाटो क्यारेकनिसिन परमेस्वरको राज्ये ताहान्के हो!” 21 हे आन्हा भुखाइलोहान हो ताहान धन्येको बाटो क्यारेकनिसिन ताहान अघाइताउ! हे आन्हा रउलारहान हो ताहान धन्येको बाटो क्यारेकनिसिन ताहान हस्ताउ। 22 धन्ये ताहान जब मानिसहान्इ ताहान्के मानिसको छउनाके बिस्वास गर्लो कारनइ घिडा गर्तात्, बदनाम गर्तात्, गिल्ला गर्तात् र समाजभि निस्काइ देतात्। 23 ओइबेरा रमाइले नाच्हेउ, क्यारेकनिसिन ताहान्को लागि स्वर्गमा बड्को इनाम धरेलाटि। उनहान्को पुर्खाहान्इ अगमबक्ताहान्के उसिगरिकनि सतातरहाइ। 24 “तर धिक्कार, ताहान धनि होख्लारहान हो! क्यारेकनिसिन ताहान्इ सुखको जिबन पाइसक्लाटो। 25 धिक्कार आन्हा अघाइलारहान हो क्यारेकनिसिन ताहान भुक्खे रताओ! धिक्कार आन्हा हस्लारहान हो क्यारेकनिसिन ताहान दुख पाउताउ र रउताओ। 26 “धिक्कार ताहान्के जब सभइ मानिसहान्इ ताहान्के पर्सम्सा गर्तात् क्यारेकनिसिन एस्ने उनहान्को पुर्खाहान्इ फटाहा अगमबक्ताहान्के गर्वाइ। दुस्मन्के माया ( मति ५:३८-४८ ; ७:१२ ) 27 “तर मोरो बोलि ताहान्के मइ कतिन दुस्मनहान्के माया गर्हेउ, घिडा गर्लारहान्के नाम्रो ब्यबहार गर्हेउ, 28 ताहान्के सराप्लारहान्के आसिरबाद देहेउ, र ताहान्के ननाम्रो गर्लारहान्के ओख्रो नाम्रोको लागि पर्थना गर्देहेउ। 29 जुनइ तोरो एक गालामा चड्काताइ, आर्को पट्टिको गाला पनि फर्काइ देहेउ। तोरो कोट लुट्लारके, तोरो गन्जि पनि लेगेदेहउ। 30 ताहान्सिन माग्लारहान्के देहेउ, ताहान्को चिजबिज लेग्लारसिन फेरि झिनमाघेउ। 31 अरु मानिसहान्इ ताहान्के क्या गर्देलो चाहाताओ ओस्ने ताहान्इ पनि अरुहान्के गर्हेउ। 32 “ताहान्इ माया गर्लारहान्के मात्रे माया गर्ताओ कनि ताहान्इ क्या नाम्रो धन्दा गरो र? पापिहान्इ पनि उनहान्के माया गर्लारहान्के माया गर्तात्! 33 ताहान्इ नाम्रो गर्लारहान्के मात्रे ताहान्इ नाम्रो गर्ताओ कनि क्या नाम्रो गरो र? क्यारेकनिसिन पापिहान्इ पनि ओस्ने गर्तात्! 34 यदि तिरे सक्लारके मात्रे रिन देताओ कनि ताहान्इ क्या नाम्रो गरो र? पापिहान्इ पनि त तिरे सक्लार पापिहान्के रिन देतात्! 35 तर आफ्नो दुस्मनहान्के माया गर्हेउ। अनि उनहान्के नाम्रो गर्हेउ। रिन माग्लारके फिर्ता नालेलार आसइ रिन देहेउ। एस्ने गर्निसिन ताहान्इ बड्को इनाम पाउताओ र ताहान बड्को परमेस्वरको सन्तान कहलाएताओ। क्यारेकनिसिन परमेस्वरइ बइगुनि र स्वार्थिके पनि दया गर्ताइ। 36 ताहान्को परमेस्वर बुबा दयालु बाटि। ओस्ने ताहान पनि दयालु होखेउ। अरुके दोस झिनलगाहेउ ( मति ७:१-५ ) 37 “आर्कोको गल्ति झिनखोजेउ र ताहान्को गल्ति पनि नाखोजेताइ। अरुके दोस झिनलगाहेउ, अनि ताहान्के दोस नालगाहेताइ। माफ गर्हेउ र ताहान्के पनि माफ गर्हेताइ। 38 अरुके देहेउ, र ताहान्के पनि देहेताइ। ताहान्के झन खादि खादि झुसि पारिकनि देहेताइ। फालेलार गरि फिनमा घाल्देताइ। जुन नापइ अरुकहान्के ताहान्इ देताओ ओइ नापइ ताहान्इ पनि पाउताओ।” 39 येसुइ उनहान्के एउटा उखान कहिक्, “अन्ध्राइ अन्ध्राके कसिगरिकनि डोर्याए सक्ताइ र? क्या उनहान दोहइ खल्टामा नापर्तात् र? 40 चेला आफ्नो गुरु कते बड्को नाहोख्ताइ, तर पुरा सिखिसक्लो पाछु, उ गुरु जस्ने होख्ताइ। 41 “आर्केको आँखिमा होख्लो घुर देख्लारइ, आफ्ने आँखिको मुढो क्यारे नादेख्ताओ? 42 आफ्ने आँखिको मुढो नादेख्लारइ, आफ्नो दाजिभइयाके कसिगरिकनि कहे सक्तेर, ‘खोइ, तोरो आँखिको घुर निस्काइदिउ।’ ए फटाहाहान हो! पहिलि आफ्ने आँखिको मुढो निस्काहइ, अनि पो आर्केको आँखिको घुर निस्काए छरछलङ देखे सक्तेर। जस्ने रुख ओस्ने फर ( मति ७:१६-२० ; १२:३३-३५ ) 43 “नाम्रो रुखमा ननाम्रो फर नाफर्ताइ, न त ननाम्रो रुखइ नाम्रो फर फराताइ। 44 हरेक रुख ओख्रो फरभि चिन्हेताइ। काटोको झ्याङभि नेभारा नाटिप्हेताइ न त अङ्गुर टिप्हेताइ। 45 नाम्रो मन होख्लो मानिसइ नाम्रे धन्दा गर्ताइ नानाम्रो मन होख्लो मानिसइ नानाम्रो धन्दा गर्ताइ। क्यारेकनिसिन ज्या ओख्रो मनमा रताइ ओइ बोलि मानिसइ बोल्ताइ। दुइटा घरको जग ( मति ७:२४-२७ ) 46 “मइ कलो बोलि नामान्ताओ कनि ताहान्इ मराइ क्यारे, ‘पर्भु, पर्भु’ कताओ? 47 मोरोठुँ आइकनि मोरो बोलि र मान्लार मानिसचाहि कस्नो होख्ताइ मइ ताहान्के कतिन। 48 उ एउटा घर बनालार मानिसजस्ने हो, जुनइ गइर खनिकनि आफ्नो घरको जग पाथर उप्रो बनाइक्। पानि परिकनि बाढि आइक र ओइ घरमा बझारिक, घर पक्का गरि बनाएलो रहिक् उसिगर्ते बाढिइ ओइ घरके हल्लाए नासकिक्। 49 तर मोरो बोलि सुनिकनि नामान्लार चाहि जग नाघालिकनि घर बनालार मानिसजस्ने हो। बाढि आइकनि घरमा बझारिक र ओइ घर ढलिकनि भताभुङ्ङ होखिक्।” |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.