पेरेरित 7 - बोटेइस्तिफनसको भासड 1 तब बड्को पुजारिइ इस्तिफनसके सुध्याइक्, “क्या इ दोस लगालो सत्य हो?” 2 तब इस्तिफनसइ कहिक्, “दाजिभाइ र बुबा हो, सुनो। हाम्रो बुबा अबराहाम उ हारानमा बिसेकते आघु मेसोपोटामियामा रते आदर पाउलो बड्को परमेस्वरइ ओख्राइ दर्सन देलो रहिक्, 3 र ओख्राइ कलो रहिक्, ‘तइ आफ्नो देस र आफ्नो आफन्तके छाड् अनि मइ तोर्हाइ देखालार देसमा जा।’” 4 तब अबराहाम कल्दिहान्को देस छाडिकनि हारानमा आइकनि बिसिक, र ओख्रो बुबा मोरिसक्लोपाछु परमेस्वरइ ओख्राइ ताहान आन्हा बिस्लो एइ देसमा आनिक। 5 अबराहामके ओइठउँमा जायजात त कुरे छाड्दिहि, गोड धार्लाहार ठउँ सम्म पनि नादिहिक। तर ओख्रो सन्तान नाहोख्नु पनि ओइजायजात परमेस्वरइ ओख्रो सन्तान र ओख्रो पाछाको साखासन्तानके निजि सम्पतिको रुपमा देहे बाचा गरिक्। 6 परमेस्वरइ एस्के कहिक्, “तोरो सन्तानहान आर्काको देसमा जाइकनि बिस्तात्, र उथिको मानिसहान्इ उनहान्के नोकर बनाइकनि चार सय बर्ससम्म दुख देतात्।” 7 परमेस्वरइ कहिक्, “तर उनहान जुन जातको नोकर होखिकनि बिस्तात् ओइ जातके मइ दन्ड देतिन। र तोरो सन्तानहान निस्कि आइकनि एइ ठउँमा मोरो पुजा गर्तात्।” 8 अनि परमेस्वरइ अबराहामसिन करार बाधिक र उ करारको सम्झना गरे खतना गर्लाहार आग्या अबराहामके दिहिक्। ओख्रोपाछु अबराहामको छउना इसहाकको जर्म होखिक। अबराहामइ आफ्नो छउनाके जर्मलो आठ दिनमा खतना गरिदिहिक। इसहाकइ आफ्नो छउना याकुबके अनि याकुबइ पनि आफ्नो बार्हे जना छउनाहान्के जिउको खतना गरिदिहिक। 9 “याकुबको छउनाहान्इ उनहान्को भाइ योसेफके डाड गरिकनि ओख्राइ मिस्रदेसको मानिसहान्को हातमा बेचिदेहाइ। उ नोकर होखिक, तर परमेस्वर ओख्रोसिन रहिक्। 10 परमेस्वरइ ओख्रो सभइ दुखभि छुटाइकनि मिस्रदेसको राजा फारोको आघु ओख्राइ दया गरिक्, र बुद्धि दिहिक्। र फारोइ योसेफके मिस्रदेस र आफ्नो सभइ घरको बड्को हाकिम बनाइक्। 11 तब सभइ मिस्रदेस र कनानमा अनिकाल परिकनि बड्को दुख होखिक, र हाम्रो पुर्खाहान्इ अन्न नापावाइ। 12 तर याकुबइ मिस्रदेसमा अन्न बाटि कलो कुरा सुनिकनि आफ्नो छउनाहान पहिलिपल्ट उथि पठाइक्। 13 एस्के उनहान दोस्रोपल्ट अन्न किने जिते योसेफइ आफ्नो दाजिभाइहान्के परिचय दिहिक् र योसेफको घरपरिवारको बारेमा फारो राजाके थाहा होखिक। 14 अनि योसेफइ आफ्नो बुबा याकुबके र आफ्नो जम्मइ घरजाहानके, जुन पचहतर जना रहाइ, आफिठुँ आनेकहिकनि बोलाए पठाइक्। 15 याकुब मिस्रदेसमा जाइक्, र ओइथि ओख्रो मिर्तु होखिक, र हाम्रो पुर्खाहान्को पनि ओइथि ज मिर्तु होखिक। 16 र उनहान्को लास सकेम सहरमा लेग्वाइ, र अबराहामइ सकेममा हमोरको छउनाहान्सिन पइसा तिरिकनि किन्लो चिहानमा धार्वाइ। 17 “तर जब परमेस्वरइ अबराहामके गर्लो बाचा पुरा होख्लाहार समय नजिक आइक तब मिस्रदेसमा हाम्रो मानिसहान बढ्वाइ र सङ्ख्यामा धेरे होख्वाइ। 18 तब मिस्रदेसमा योसेफको बारेमा केइ थाहा नाहोख्लो आर्को मानिस राजा बनिक। 19 ओंइ हाम्रो जातको मानिसहान्सिन चतुर बेहोरा गरिक्, र हाम्रो पुर्खाहान्को बाबुहान मरुस् कहिकनि जर्मलेबितिके जबरजस्ति घरभि बाहिर आनिकनि धारे कर गर्तरहाइ। 20 “ओइबेरामा मोसाको जर्म होखिक। उ परमेस्वरको नजरमा नाम्रो रहिक्। ओख्रो आमा बुबाइ ओख्राइ तिन महिनासम्म ज घर भित्र लोकाइकनि पाल्वाइ। 21 ओख्राइ बाहिर धारिदेहाइ फारोको छउनिइ ओख्राइ उठाइकनि लेगिक्, र आफ्ने छउना बनाइकनि पालिक। 22 मोसाके मिस्रिहान्को सभइ पढाइमा सिछा दिहिइक, र मोसा आफ्नो बचन र धन्दामा सक्तिसालि होखिक।” 23 “जब मोसा चालिस बर्सको होखिक, तब आफ्नो इजराएलि दाजिभाइहान्के भेटे इच्छा ओख्रो मनमा लागिक। 24 एक दिन आफ्नो जातभाइमध्ये एक जनाके दुख दिहिधार्लो मोसाइ देखिकनि, ओंइ ओख्राइ बचाइक, र ओइ दुख देलार मिस्रिके मारि आफ्नो भाइके पर्लो अत्याचारको बदला लिहिक्। 25 परमेस्वरइ मोरो हातभि उनहान्को उदार गर्ताइ कलार मोरो भाइबन्धुइ बुझ्बाइ कहिकनि मोसाइ बिचार गर्लो रहिक्। तर उनहान्इ इ नाबुझ्वाइ। 26 अर्कना दिन जब इजराएलि आफि आफि झगडा गरिधार्लो बेरामा मोसा आइक, र उनहान्के मिलाए कोसिस गरिकनि कहिक्, ‘साखा हो, ताहान त दाजिभाइ हो, क्यारे एउटाइ आर्कोके दुख देताओ?’” 27 तर आफ्नो छिमेकिके दुख देलारइ मोसाके इसि कहिकनि ढेक्लि दिहिक्, “हामिउप्रो हाकिम र फइसला गर्लाहार तोर्हाइ कुनइ छानिक?” 28 काल ओइ मिस्रिके मार्लो जस्ने तइ मर्हाइ पनि मारे खोज्लाटेर? 29 एस्नो जबाफ सुनिकनि मोसा भागिकनि मिधान देसमा जाइ परदेसि होखिकनि बिसिक। उथि ओख्रो दुइ छउनाहान जर्मेवाइ। 30 “चालिस बर्सपाछु सिनइ पाहाडको सुनसान ठउँमा जरिधार्लो झाङको ज्वालामा एउटा स्वर्गदुत मोसाठुँ देखा परिक्। 31 जब मोसाइ इ देखिक् तब उ एइ दर्सनइ छक्क परिक्, र ओइ चाहेके नजिक जिते परमपर्भुको एस्नो आवाज आइक, 32 ‘मइ तोरो बुबा पुर्खाहान अबराहाम, इसहाक र याकुबको परमेस्वर हो।’ मोसा डरइ थर्थराए लागिक, र ओंइ उतेपट्टि चाहेसम्म पनि आट नागरिक।” 33 “तब परमपर्भुइ ओख्राइ कहिक्, ‘तोरो गोडको जुता फुकालहइ, क्यारेकनि जुन ठउँमा तइ ठेढाइलाटेर, ओइ पबित्र भुइ हो। 34 मिस्रमा होख्लो मोरो मानिसहान्को ननाम्रो हालत मइ देखिन, र उनहान्को सोक पनि सुनिन्। उनहान्के छुटकारा देहे मइ ओघ्रि आउलाटिन। आब आइ, मइ तोर्हाइ मिस्रदेसमा पठातिन।’” 35 “एइ मोसा, जख्राइ आफ्ने जातको मानिसइ एस्नो कहाइ, ‘कुनइ तोर्हाइ हाकिम र फइसला गर्लाहार छानिक?’ कहिकनि असुइकार गर्लो रहाइ, ओख्राइ परमेस्वरइ झाङमा देखा पर्लाहार स्वर्गदुतभि हाकिम र उदारकर्ता बनाइकनि पठाइक्। 36 एइ मानिसइ मिस्रदेसमा, लाल समुन्द्रमा र चालिस बर्सभरि सुनसान ठउँमा अचम्मको धन्दा र छक्क पर्लाहार चिन्हहान देखाइकनि इजराएलिहान्के निस्काइकनि बाहिर आनिक।” 37 “इ ओइ मोसा हो, जुनइ इजराएलिहान्के कलो रहिक्, ‘परमेस्वरइ मर्हाइ जस्ने ताहान्को दाजिभाइहानमध्यभि ताहान्को लागि एक जना अगमबक्ता उठाताइ।’” 38 इ ओइ मोसा हो, जुन सुनसान ठउँमा रलो इजराएलिहानमा स्वर्गदुतसिन रहिक्, जुन स्वर्गदुतइ सिनइ पाहाडमा र हाम्रो पुर्खाहान्सिन बोल्लो रहिक् र ओंइ हाम्राइ जिबन देलाहार बचन पाउलो रहिक्। 39 हाम्रो पुर्खाहान्इ ओख्रो आग्यापालन गरे असुइकार गर्वाइ। बरु उनहान्इ मोसाके छाडिकनि मिस्रदेसमा ज फर्किकनि जाए मन गर्वाइ। 40 उनहान्इ हारुनके एस्के कहाइ, “हाम्रो आघु आघु लाघ्लाहार कुन्हुँ देउताहान हाम्रो लागि बनाइदे, क्यारेकनि हाम्राइ मिस्रदेसभि निस्काइकनि आन्लाहार इ मोसाके क्या कस्नो होखिक हामि नाजान्ताहुँ।” 41 उ दिनमा उनहान्इ एउटा बाछाको मुर्ति बनावाइ र भोग पनि चढावाइ, र आफ्नो हातइ बनालो मुर्तिको खुसियालि मनावाइ। 42 तर परमेस्वरइ मुख घुमाइकनि उनहान्के छाडिदिहिक, र उनहान्के आकासको घाम, जोन, ताराहान पुजा गरे छाडिदिहिक, जस्ने अगमबक्ताहान्को कितापमा लेखेलाटि, “इजराएलि मानिस हो, क्या ताहान्इ चालिस बर्ससम्म सुनसान ठउँमा मर्हाइ जनावरको भोग र भेटिहान चढाओ? 43 ताहान्इ मोलोख देउताको पाल र रेफन देउताको तारा, र ताहान्इ पुजेके बनालो मुर्तिहान उठाइलेगो। आब मइ ताहान्के बेबिलोनभि पारो लेगिकनि बिसातिन।” 44 “सुनसान ठउँमा हाम्रो पुर्खाहान्सिन ‘परमेस्वरको हाजिर होख्लाहार’ पबित्र पाल रहिक्। मोसाइ देख्लो नमुनाअनुसार परमेस्वरइ कलो अनुसार इ बन्हेलो रहिक्। 45 परमेस्वरइ इ देसमा बिस्लार अरु जातको मानिसहान्के लघारिक र दोस्रो पुस्ता हाम्रो पुर्खाहान्इ यहोसुसिन इ देस जितिकनि लेते ओइ पाल इ देसमा आन्वाइ। 46 राजा दाउदइ परमेस्वरको दया पाइक, र याकुबको परमेस्वरको लागि एउटा बिस्लाहार ठउँ बनालार अनुमति मागिक्। 47 तर ओख्रो लागि मन्दिरचाहि सोलोमनइ बनाइक्।” 48 तर हातइ बनालो मन्दिरहानमा परमेस्वर बास नागर्ताइ, जस्नो अगमबक्ताइ पनि कलाटि, 49 “मोरो सिङहासन स्वर्ग हो, र धर्ति मोरो गोडधार्लार, ताहान्इ मोरो लागि कस्नो मन्दिर बनालाहार हो? परमपर्भु कताइ, मोरो थकाइ मार्लार ठउँ कुन हो? 50 क्या इ सभइ थोक मोरे हातइ बनाहेलो नाहो र?” 51 “हे जिद्दि गर्लाहार मानिस हो, कठोर हिर्दय र बहिरा कान होख्लो हो, ताहान्इ सधइ पबित्र आत्माको बिरोध गर्ताओ। ताहान्को पुर्खाइ जस्नो गर्वाइ ताहान्इ पनि ओस्ने गर्ताओ। 52 क्या ताहान्को बुबा पुर्खाहान्इ नासतालो कुन्हुँ अगमबक्ता होख्वाइ र? उनहान्इ धर्मि मानिसको आउलाहार आघुभि घोसडा गर्लाहार सभइको हत्या गर्वाइ। ओख्राइ ताहान्इ बिस्वासघात गरो, र ओख्रो हत्या गरो। 53 स्वर्गदुतहान्इ सुम्पलो धर्म नियम ताहान्इ पाओ, तर ओख्रो पालन नागरो।” इस्तिफनसके पाथरइ हिर्काइकनि मार्हेलो 54 इस्तिफनसको बोलि सुनिसक्लोपाछु, उनहान बेस्के रिसावाइ र रिसइ दाँत किटे लाग्वाइ। 55 तर इस्तिफनस पबित्र आत्माइ पुरे भर्रिहिकनि स्वर्ग पट्टि एकटक लगाइकनि चाहिक, अनि परमेस्वरको चहकिलो ज्योति र येसुके परमेस्वरको दाहिन्या हातपट्टि ठेढाइधार्लो देखिक्। 56 अनि ओंइ कहिक्, “चाहो, स्वर्ग खोल्हेलो र मानिसको छउनाके परमेस्वरको दाहिन्या हातपट्टि ठेढाइधार्लो मइ देखिधार्लाटिन।” 57 इ सुनिकनि उनहान्इ आफ्नो आफ्नो कान बन्द गर्वाइ, र बड्को सोरमा चिच्याइकनि उनहान एके मनको होखिकनि ओख्राइ झम्टवाइ। 58 उनहान्इ इस्तिफनसके सहर बाहिर तान्ले निस्काइकनि लेग्वाइ, र ओख्राइ पाथरइ हिर्काए लाग्वाइ। इस्तिफनसके दोस लगालार फटाहा गवाहि देलारहान्इ आफ्नो लुगाहान साउल नाउँ होख्लो एक जना तनहेयारिको गोडठुँ धार्वाइ। 59 जुनबेरा उनहान्इ इस्तिफनसके पाथर हिर्काइधार्लो रहाइ, ओंइ यस्के पर्थना गरिक्, “हे पर्भु येसु, मोरो आत्माके लेहइ।” 60 अनि ओंइ घोडा मारिकनि बड्को सोरमा चिच्याइकनि कहिक्, “हे पर्भु इ पापको दोस इनहान्के झिनलागुस्।” एत्का कहिकनि ओंइ परान त्यागिक। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.