पेरेरित 6 - बोटेसात जना सेवकहान छान्हेलो 1 उ दिनमा जब बिस्वासिहान्को सङ्ख्या बढ्लेगेलो रहिक्, तब हिब्रुहान्को बिरुधमा गिरिक यहुदिहान्इ गनगन गर्वाइ, क्यारेकनिसिन दिन दिन्के खइलाहार बाड्ते खेरि गिरिक भासा बोल्लाहार बिधुवाहान्इ चाहेलो खइलाहार नापउतरहाइ। 2 तब बार पेरेरितहान्इ अरु सभइ बिस्वासिहान्के बोलाइकनि कहाइ, “परमेस्वरको बचन पर्चार गरे छाडिकनि ख्वाउलाहार पियाउलाहार सेवा गरे हाम्राइ उचित नाहोख्ताइ। 3 उसिगर्ते भाइहान हो, ताहान मध्येभि पबित्र आत्माको सक्ति पुरे रुपमा पाउलो र धेरे बुद्धि होख्लो र सभइको आदर पाउलो सात जना मानिस छानो। हामि इ धन्दाको जिम्मा उनहान्के देताहुँ। 4 तर हामिचाहिँ पर्थनामा र बचन पर्चारको सेवकाइमा पुरे समय देताहुँ।” 5 पेरेरितहान्को इ कुराइ सभइ परमेस्वरके पच्छयालाहार मानिसहान्के चित्त बुझिक, र इस्तिफनस जुनइ पुरा रुपमा पबित्र आत्मा पाउलो र बिस्वास होख्लो रहिक्, अनि फिलिप, पर्खरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखिया सहरको यहुदि धर्ममा बिस्वास गरे आउलाहार निकोलाउसके चुन्वाइ। 6 उनहान्इ इ चुन्हेलो सात जनाके पेरेरितहान्ठुँ आन्वाइ र पेरेरितहान्इ पर्थना गर्वाइ र इनहान हरेकको कपारमा आफ्नो हात धार्वाइ। 7 परमेस्वरको बचन फइलेले गिहिक, र बिस्वासिहान्को सङ्ख्या येरुसलेममा जारेज बढिक। पुजारिहानमध्ये धेरे जनाइ येसुमा बिस्वास गर्वाइ। इस्तिफनस छोप्हेलो 8 आब इस्तिफनसइ परमेस्वरभि पुरा रुपमा अनुग्रह र सक्ति पाइकनि मानिसहानको माझोमा बड्को बड्को अचम्मको धन्दा र छक्क पार्लाहार चिन्हहान गरिक्। 9 तर कुन्हुँ कुन्हुँचाहिँ जुन सोतन्त्र दलको सभाघरकोहान रहाइ, उनहान कुरेनि, र अलेक्जेन्डिया सहर, अनि किलिकिया र एसिया इलाकाको यहुदिहान रहाइ, उनहान सभइ मिलिकनि इस्तिफनससिन भनाभन गरे लाग्वाइ। 10 तर पबित्र आत्माइ इस्तिफनसके एस्नो बुद्धि दिहिक्, उ बोल्ते अरु कुन्हुँइ पनि ओख्रो बिरोध गरे नासक्वाइ। 11 तब उनहान्इ चुपचाप मानिसहान्के उल्काइकनि एस्के कहे लगावाइ, “मोसा र परमेस्वरको बिरुधमा एइ निन्दाको कुरा बोल्लो हामि सुन्लाटाहुँ।” 12 तब उनहान्इ जनता, धर्म गुरु र अगुवाहान्के उल्कावाइ, र इस्तिफनसके छोपिकनि माहासभामा आन्वाइ। 13 उनहान्इ एस्नो कलार फटाहा गवाहि देलारहान्के आघु सार्वाइ, “इ मानिसइ पबित्र ठउँ र मोसाको धर्म नियमको बिरुधमा बोले नाछाड्ताइ। 14 क्यारेकनि एइ एस्के कलो हामि सुन्हुँ, ‘नासरतको येसुइ इ ठउँके नास गर्ताइ र मोसाइ हाम्राइ देलो धर्म नियम पनि फेर्देताइ।’” 15 ओइबेरा माहासभामा बिस्लो उ सभइ इस्तिफनसके नाम्रोसिन चाहावाइ, र ओख्रो मोहडा स्वर्गदुतको मोहडा जस्ने देख्वाइ। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.