पेरेरित 21 - बोटेपावल येरुसलेम गेलो 1 एफिसस मन्डलिको अगुवाहान्सिन छुट्टि होखि हामि पानि जाहाजमा चढिकनि सोझे कोस कलार ठुठिमा आहुँ। अर्कना दिन रोडस ठुठिमा र उथिभि पटारा सहरमा आइपुग्हुँ। 2 अनि फोनिके इलाकासम्म गेलार एउटा पानि जाहाज भेटाहुँ र हामि ओख्रेमा चढिकनि जाहुँ। 3 जब साइपर्स ठुठि देखा परिक्, तब हामि एख्रे दछिनभि पारो सिरिया इलाकापट्टि जाहुँ र टुरोस सहरमा ओघ्रुहुँ, क्यारेकनिसिन उथि पानि जाहाजभि समानहान झारे पर्लो रहिक्। 4 हामि बिस्वासिहान्के खोजिकनि भेटाहुँ र उनहान्सिन सात दिन सम्म उथि बिस्हुँ। पबित्र आत्माको अगुवाइ पाइकनि उनहान्इ पावलके येरुसलेममा नाजाए कहि कर गर्लेकि गर्ले गर्वाइ। 5 उथिभि हाम्रो भउलार बेरा होख्लोपाछु उनहानभि छुट्टि होखिकनि यात्रामा निस्खुँ। चेलाहान आफ्नो जाहान र बालबच्चाहान्सिन हाम्राइ सहर बाहिर सम्म पुगाए आवाइ, अनि हामि समुन्द्रको छेउमा घुडा टेकिकनि पर्थना गर्हुँ। 6 ओख्रोपाछु हामि एक आर्कोसिन छुट्टि होखिकनि पानि जाहाजमा चढ्हुँ, र उनहान आफ्नो घर फर्कवाइ। 7 टुरोस सहरभि समुन्द्र यात्रा गर्ले हामि टोलेमाइस सहरमा आइपुग्हुँ। उथि बिस्वासि दाजिभाइहान्के भेटघाट गर्हुँ र उनहान्सिन एक दिन बिस्हुँ। 8 अर्कना दिन उनहान्सिन छुट्टि होखिकनि हामि कइसरिया सहरमा आहुँ, र सुसमाचार पर्चार गर्लार फिलिपको घरमा बिस्हुँ। फिलिपचाँहि येरुसलेममा सेवा गरे छानेलो सात जनाहानमध्येमा एक जना रहिक्। 9 अगमबाडि बोल्हार ओख्रो चार जना बिहा नाहोख्लो छउनिहान रहिक्। 10 हामि उथि केइ दिन बिस्ते यहुदिया इलाकाभि अगाबस नाउँ होख्लो एक जना अगमबक्ता आइक। 11 हामिठुँ आइकनि पावलको घल्याक लिहिकनि आफ्नो हात र गोड बाधिकनि कहिक्, “पबित्र आत्माइ यस्के कताइ, इ घल्याक जुन मानिसको हो, ‘ओख्राइ येरुसलेममा यहुदिहान्इ यस्नेगरि बाध्तात् र अरु जातहान्को हातमा सुम्पिदेतात्।’” 12 इ कुरा सुनिकनि हामि र उथि होख्लो सभइ मानिसहान मिलिकनि पावलके येरुसलेममा नाजाए कहि बिन्ति गर्हुँ। 13 तर पावलइ जबाफ दिहिक्, “ताहान्इ क्यारे मोरो मनके रोवाओताओ? पर्भु येसुको नाउँको लागि झ्यालखानामा थुन्हे मात्र नाहो, मइ त येरुसलेममा मरे पनि तयार बाटिन।” 14 पावलके फकाए नासक्ते “पर्भुको इच्छा पुरा होखुस्” कहिकनि हामि लाभि बिस्हुँ। 15 ओख्रोपाछु हामि आफ्नो समानहान तयार गरिकनि येरुसलेमपट्टि लाग्हुँ। 16 हाम्रोसिन कइसरियाको केइ बिस्वासिहान पनि आवाइ, र उनहान्इ हाम्राइ साइपर्सको एक जना पुरानो बिस्वासि मनासोन कलारको घरमा आन्वाइ। ओख्रोठुँ हाम्राइ बिसे पर्लो रहिक्। पावल येरुसलेम पुग्लो 17 जब हामि येरुसलेममा आइपुग्हुँ, तब बिस्वासि दाजिभाइहान्इ हाम्राइ खुसि होख्ले स्वागत गर्वाइ। 18 अर्कना दिन पावल हाम्राइ लिहिकनि याकुबठुँ जाइक्। उथि सभइ अगुवाहान बट्टेलो रहाइ। 19 उनहान्के भेटघाट गर्लोपाछु पावलइ अरु जातको मानिसहानको माझोमा सुसमाचार पर्चार गर्ते परमेस्वरइ कस्नो कस्नो धन्दाहान गरिक्, उ सभइ कुरा उनहान्के कहिदिहिक। 20 इ कुरा सुन्लोपाछु उनहान्इ परमेस्वरको पर्सम्सा गर्वाइ। ओख्रोपाछु उनहान्इ पावलके कहाइ, “भाइ, इथि पनि हजार यहुदिहान पर्भुमा बिस्वास गर्लारहान बाटाइ कलार कुरा तइ थाहा पाउलाटेर। र मोसाइ देलो धर्म नियमके पनि कडासिन पालन गर्तात्। 21 उनहान्इ तोरो बारेमा पनि केइ कुरा सुन्लाटाइ कि, अरु जातको मानिसहान्को माझोमा बिस्लार यहुदिहान्के तइ ‘मोसाको धर्म नियम माने नापर्ताइ, बच्चाहान्को खतना गरे नापर्ताइ र यहुदिहान्को रितिरिवाज पालन गरे नापर्ताइ’ कहिकनि सिखातेर भन। 22 आब क्या गर्लार हो? तइ आउलाटेर कहि उनहान्इ पक्का सुनतात्।” 23 उसिगर्ते हामि ज्या कताहुँ, उ गर्हइ। इथि हामिसिन भाखल गर्लार चार जना मानिसहान बाटाइ। 24 उनहान्के आनिकनि तइ पनि सुद्द होखइ, उनहान्को कपार खउरे कहिकनि उनहान्के लाग्लार खर्च देहेस्। यस्के तइ धर्म नियम मान्लो देखिकनि तोरो बारेमा सुन्लो कुरा सत्य नाहोछ कहि सभइ जनाइ थाहा पाउतात्। 25 तर अरु जातको मानिसहान जुनइ बिस्वास गर्लाटाइ, उनहान मुर्तिके चढाइकनि असुद्द होख्लो चिजभि, घेच्रो दाबिकनि मार्लो जनावरको मासु, रकतभि र बेभिचार गर्लार धन्दाभि दुसिहि बिसे कहिकनि हामिइ पक्का गरि चिट्ठि लेखिकनि पठाइसक्लाटाहुँ। 26 तब आर्कना दिन पावलइ उ चार जना मानिसहान्के लेगिक्, र उनहान साङहे आफिके पनि सुद्द गराइक। ओख्रोपाछु सुद्द होख्लार दिन कन्हा पुरा होख्लार हो र हरेक जनाको लागि चढाए लेग्लाहार भेटिको कुरा थाहा देहेके लागि उ मन्दिरमा पिसिक। पावल मन्दिरमा छोप्हेलो 27 जब सात दिन पुरा होखेलाग्लो रहिक्, तब एसियाको केइ यहुदिहान्इ पावलके मन्दिरमा देखिकनि पुरे भिडके उस्कावाइ, र पावलके छोप्वाइ। 28 अनि चिच्याइले यस्के कहे लाग्वाइ, “इजराएलको मानिसहान हो, साहेता गरो! मानिसहान्के जतेतते हाम्रो जात, हाम्रो धर्म नियम र इ ठउँको बिरुधमा सिछा देले भउलार मानिस एइ हो। यत्का मात्रे नाहो, एइ अरु जातको मानिसहान्के पनि मन्दिरभित्र आनिकनि इ पबित्र ठउँके असुद्द पार्देलाटि।” 29 क्यारेकनिसिन इ कते पहिलिहि उनहान्इ एफिससभि आउलो तोर्फिमसके पावलसिन सहरमा देख्लो रहाइ र पावलइ ओख्राइ मन्दिरभित्र आन्लो हो कहि ठान्लो रहाइ। 30 तब जम्मइ सहरमा हल्ला होखिक, र मानिसहान चारेउपट्टिभि दुगर्ले आवाइ। उनहान्इ पावलके छोपिकनि मन्दिरभि बाहिर घिस्राले आन्वाइ र तुरुन्ते दइलहान बन्द गर्वाइ। 31 जब उनहान्इ पावलके पिटिकनि मारे बिचार गरिधार्लो रहाइ, तब पुरे येरुसलेममा हल्ला होखिधार्लाटि कलार कुराको खबर रोमि पल्टनको सेनापतिठुँ पुगिक। 32 अनि उ तुरुन्ते सिपाहि र कप्तानहान्के साङहे लिहिकनि भिडपट्टि दुगर्ले आइक। भिडको मानिसहान्इ सेनापति र सिपाहिहान्के आउलो देख्लोपाछु पावलके पिटे छाडिदेहाइ। 33 तब सेनापति नजिक आइकनि पावलके छोपिक र दुइटा सिकरिइ बाधे लगाइक अनि मानिसहान्के सुध्याइक्, “इ मानिस कुन्को हो? एइ क्या गरिक्?” 34 तर भिडमा होख्लो मानिसहानमध्ये कुनुहुँइ एउटा कुरा त कुनुहुँइ आर्को कुरा कतिहिँ चिच्यावाइ। हल्लाइ गर्ते घटनाको खास कुरा क्या हो कहि थाहा पाए नासकिक र सेनापतिइ पावलके ब्यारेकमा लेघेउ कहि हुकुम गरिक्। 35 साङ्होभि उप्रो जाए लाग्ते मानिसहान पावलके मारे खोज्ते। मानिसहानभि बचाए सिपाहिहान्इ पावलके बोकिकनि लेग्वाइ। 36 पाछु लाग्लो मानिसको भिडइ “ओख्राइ मारे ज पर्ताइ” कहि चिच्याइ धार्लोरहाइ। पावलइ भिडके सम्झाए खोज्लो 37 ब्यारेकभित्र पुगाए लाग्ते पावलइ सेनापतिके कहिक्, “अनुमति होख्नि, मइ केइ कुरा कहे चाहातिन।” 38 ओंइ कहिक्, “क्या तोर्हाइ गिरिक भासा आउताइ? क्या तइ ओइ ज मिस्रि नाहो र? जुनइ झगडा गर्लार चार हजार गुन्डाहान्के बनमा लेगिकनि धार्लो रहिक्।” 39 पावलइ कहिक्, “नाहो, मइ त किलिकियाको सहर टारस्सको एउटा यहुदि मानिस हो, मइ साधरन सहरको नागरिक नाहो। दया गरिकनि मर्हाइ इ मानिसहान्को आघु केइ कुरा बोले दे।” 40 जब सेनापतिइ अनुमति दिहिक्, तब साङ्होमा ठेडाइकनि पावलइ भिडके सान्त होखे हातइ इसारा गरिक्। मानिसहान सान्त होख्वाइ, ओंइ उनहान्के हिब्रु भासामा यस्के कहिक्, |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.