Aanlyn Bybel

- Advertensies -

गन्‍ती 2 - सरल नेपाली पवित्र बाइबल


छाउनीमा कुल-कुलको बस्‍ने बन्दोबस्त

1 परमप्रभुले मोशा र हारूनलाई यी आदेशहरू दिनुभयो,

2 “जब इस्राएलीहरू छाउनी लाएर बस्‍छन्, हरेक मानिस आ-आफ्‍नो गोत्र र दलको झन्‍डामुनि रहनेछ र तिनीहरूले आ-आफ्‍ना पालचाहिँ पवित्र पालको केही पर त्‍यसलाई घेरेर हाल्‍नुपर्नेछ।”

3-9 पूर्वपट्टि यहूदा दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: कुल अगुवा सङ्‍ख्‍या यहूदा अम्‍मीनादाबको छोरो नहशोन ७४,६०० इस्‍साखार सूआरको छोरो नतनेल ५४,४०० जबूलून हेलोनको छोरो एलीआब ५७,४०० जम्‍मा १,८६,४००। यहूदाको दल पहिले हिँड्‍नेछ।


कुल अगुवा सङ्‍ख्‍या

10-16 दक्षिणपट्टि रूबेनका दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: कुल अगुवा सङ्‍ख्‍या रूबेन शदेऊरको छोरो एलीसूर ४६,५०० शिमियोन सूरीशद्दैको छोरो शलूमीएल ५९,३०० गाद दूएलको छोरो एल्‍यासाप ४५,६५० जम्‍मा १,५१,४५०। दोस्रो रूबेनको दल हिँड्‍नेछ।


कुल अगुवा सङ्‍ख्‍या

17 तब पहिला दुई दल र पछिल्‍ला दुई दलका बीचमा लेवीहरू पवित्र पाल बोकेर हिँड्‍नेछन्। हरेक दल जसरी छाउनीमा बस्‍छ, त्‍यही प्रकारले आ-आफ्‍नो पङ्‌क्तिमा झन्‍डामुनि हिँड्‍नेछ।

18-24 पश्‍चिमपट्टि एफ्राइमका दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: कुल अगुवा सङ्‍ख्‍या एफ्राइम अम्‍मीहूदको छोरो एलीशामा ४०,५०० मनश्‍शे पदासूरको छोरो गमलिएल ३२,२०० बेन्‍यामीन गिदेओनीको छोरो अबीदान ३५,४०० जम्‍मा १,०८,१००। तेस्रो एफ्राइमको दल हिँड्‍नेछ।


कुल अगुवा सङ्‍ख्‍या

25-31 उत्तरपट्टि, दानको दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्‌: कुल अगुवा सङ्‍ख्‍या दान अम्‍मीशद्दैको छोरो अहीएजेर ६२,७०० आशेर ओक्रानको छोरो पगीएल ४१,५०० नप्‍ताली एनानको छोरो अहीरा ५३,४०० जम्‍मा १,५७,६००। सबैभन्दा पछि दानको दल हिँड्‍नेछ।


कुल अगुवा सङ्‍ख्‍या

32 दल-दल र हुल-हुल गरी सूचीमा नाम लेखिएका इस्राएलीहरूको जम्मा सङ्‍ख्‍या ६,०३,५५० थियो।

33 परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूका नामहरू इस्राएलका अरू कुलसँग लेखिएका थिएनन्।

34 यसरी परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै पूरा गरे। तिनीहरू आ-आफ्‍ना झन्‍डामुनि पालमा बस्‍थे र आ-आफ्‍ना गोत्रसित हिँड्थे।

Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.

Nepal Bible Society
Volg ons:



Advertensies