Aanlyn Bybel

- Advertensies -

प्रकाश 1 - पवित्र बाइबल


यूहन्ना यस पुस्तकको विषयमा भन्छन्

1 यो येशू ख्रीष्टको अभिमानिस हो। परमश्वरले येशूलाई यी कुराहरू, अब चाँडै जे घट्नेवाला छ सो उनका सेवकहरूलाई दर्शाउनका निम्ति प्रदान गर्नुभयो। ख्रीष्टले आफ्ना सेवक यूहन्नालाई यी कुराहरू दर्शाउनका निम्ति आफ्ना स्वर्गदूत पठाउँनु भयो।

2 यूहन्नाले आफूले देखेका कुरा भने। यही सत्य हो की येशू ख्रीष्टले तिनलाई भन्नुभयो अनि यो परमश्वरको सन्देश हो।

3 त्यो मानिस धन्य हो जसले यो पढिरहेको छ अनि तिनीहरू धन्य हुन् जो यी अगमवाणीको शब्दहरू सुन्दछन् र यही अनुसार कामहरू गरिरहेका छन्। किनभने धेरै समय बाँकी छैन।


यूहन्ना येशूका सन्देशहरू मण्डलीहरूलाई लेख्छन्

4 यहून्नाबाट, एशिया प्रान्तका सातवटा मण्डलीहरूलाई: अनुग्रह अनि शान्ति रहोस् तिमीहरूलाई उहाँद्वारा जो अहिले हुनुहुन्छ, जो सदैव हुनुहुन्थ्यो, अनि जो आउँदै हुनुहुन्छ अनि उहाँको सिंहासन अघिका सात आत्माहरूद्वारा

5 अनि विश्वासी साक्षी येशू ख्रीष्टद्वारा। मृत्युबाट बौराइनु भएको उहाँ पहिलो हुनुहुन्छ। येशू पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ। येशू नै एकजना हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रा पापबाट आफ्नो रगतले स्वतन्त्र तुल्याउनु भयो।

6 येशूले हामीलाई एउटा राज्यमा परिणत गर्नुभयो। उहाँले आफ्नो पिताको सेवाको लागि हामीलाई पूजाहारीहरू बनाउनु भयो। सदाका निम्ति येशूमा महिमा अनि शक्ति रहिरहोस्। आमिन।

7 हेर, येशू मेघहरूमा आँउदै हुनुहुन्छ। उहाँलाई सबै मानिसहरूले, ती मानिसहरू जसले घोंचेका थिए तिनीहरूले पनि देख्नेछन्। उहाँको कारणले पृथ्वीका सम्पूर्ण मानिसहरू जोडले कराउनेछन्। यो सत्य हो, यो घट्ने छ। आमिन।

8 प्रभु परमेश्वर भन्नुहुन्छ, “म अल्फा अनि ओमेगा हुँ। म नै एक हुँ जो अहिले छु, जो सदैव थिए अनि जो आउँदै छु। म सर्व शक्तिमान हुँ।”

9 म यूहन्ना हुँ अनि म तिमीहरूको भाइ जो कष्टमा राज्यमा अनि धैर्यपूर्वकको सहनशीलतामा सहभागिता गर्छ। म पत्मोस टापूमा थिएँ किनभने म परमेश्वरको सन्देश अनि येशूको सत्यप्रति विश्वासी थिएँ।

10 परमप्रभुको दिनमा आत्माले मलाई अधिकारमा लियो। मैले मेरो पछि एक ठूलो आवाज सुनें। त्यो तुरहीको आवाज जस्तो सुनियो।

11 त्यो आवाजले भन्यो, “तिमीले जे देख्नेछौ एउटा पुस्तकमा लेख अनि त्यसलाई सात मण्डलीहरूमा एफिसस, स्पर्ना, पर्गामम, थिआटायरा, सार्डिस, फिलाडेल्फिया अनि लाओडिसियामा यो पत्र पठाऊ।”

12 को हो जो मसित बात गदैंछ भनी हेर्न म पछि फर्किएँ। जब म फर्किएँ, मैले सुनका सातवटा दीप-दानी देखे।

13 मैले ती दीप-दानी माझमा कसैलाई देखें जो “मानिसको पुत्र” जस्तै हुनुहुन्थ्यो। तिनीले खुट्टा छुने एक लामो पोशाक लगाइरहेका थिए। तिनको छाती वरिपरि सुनौलो पेटी बाँधिएको थियो।

14 तिनको शिर अनि केश हिउँ र ऊन जस्तो सेतो थियो। उहाँका आँखा आगोको ज्वाला जस्ता थिए।

15 तिनका पाउहरू भट्टीमा चम्किरहेको काँसा जस्ता थिए। तिनको आवाज बाढी आएको समयको छालको जस्तो थियो।

16 उहाँको दाहिने हातमा सातवटा ताराहरू थिए। एउटा दुइपट्टिधार भएको लाग्ने तरवार तिनको मुखबाट निस्कियो। तिनको अनुहार मध्यान्हमा चम्केको सूर्य जस्तै देखिन्थ्यो।

17 जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखेर भन्नुभयो, “भयभित नहोऊ, नडराऊ। म आदि अनि अन्त हुँ।

18 म नै एक हुँ जो बाँचेको छु। एक जो जीवीत छु म नै हुँ। म मरेको थिएँ। तर हेर, म सदा-सर्वदाको लागि जीवित छु। अनि मसँग मृत्यु र पातालको साँच्चोहरू छन्।

19 यसर्थ तिमीले जो देख्यो लेख। ती लेख जो भइरहेको छ, अनि जो पछि भविष्यमा हुनेवाला छ।

20 तिमीले मेरो दाहिने हातमा देखेका सातवटा ताराहरू अनि तिमीले देखेका सातवटा सुनौला दीप-दानीहरूको गुप्त अर्थ यस्तो छ। ती सातवटा दीप-दानीहरू सातवटा मण्डलीहरू हुन्। ती सातवटा ताराहरू सातवटा मण्डलीका स्वर्गदूतहरू हुन्।”

Nepali Holy Bible: Easy-to-Read Version

All rights reserved.

© 2004 Bible League International

Bible League International
Volg ons:



Advertensies