भजनसंग्रह 1 - पवित्र बाइबल नेपाली समकालीन संस्करणप्रथम खण्ड भजनसंग्रह 1–41 भजन 1 1 धन्य हुन् तिनीहरू, जो दुष्टहरूको सल्लाहमा हिँड्दैनन्, जो पापीहरूको मार्गमा खडा हुँदैनन्, जो गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैनन्। 2 तर तिनीहरू याहवेहको व्यवस्थामा नै प्रसन्न रहन्छन्, र दिनरात उहाँकै व्यवस्थामा नै मनन गर्छन्। 3 तिनीहरू नदीको किनारमा रोपेको रूखजस्तै हुन्छन्, जसले आफ्नो ऋतुमा फल दिन्छ; र जसको पात कहिल्यै ओइलाउँदैन; तिनीहरूले जे काम गर्छन्, त्यसमा सफल हुन्छन्। 4 दुष्टहरू त्यस्ता हुँदैनन्; तर तिनीहरूचाहिँ बतासले उडाइलैजाने भुसजस्तै हुन्छन्। 5 यसकारण दुष्टहरू न्यायमा खडा रहनेछैनन्, न त धर्मीहरूको सभामा पापीहरूले स्थान पाउनेछन्। 6 किनकि याहवेहले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्छ; तर दुष्टहरूको मार्गले विनाशमा पुर्याउँछ। |
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.
Biblica, Inc.