तितस 1 - बोटे1 मइ पावल, परमेस्वरको सेबक खिरिस्ट येसुको मुख्य चेलाको तर्फभि इ चिट्ठि लेख्तिहि बाटिन। परमेस्वरइ छान्लोहान्को बिस्वास बलियो बनाए र परमेस्वरइ सोच्लो जस्ने सत्य कुरापट्टि डोर्याए मर्हाइ ओइ चुनिकनि पठालाटि। 2 जुन बिस्वास र सत्य कुरा कन्हुँ नासकेलार जिबनको आसमा बाटि। अनि कन्हुँ फटाहा नाबोल्लार परमेस्वरइ जुगे जुग पहिलिहि ज हाम्राइ इ जिबन देतिन कहि बाचा गर्लो रहिक्। 3 अनि परमेस्वरइ उ कुरा आफ्नो तोक्लो समयमा मइ सुनालो नाम्रो खबरभि परकट गरिक्। अनि हाम्राइ मुक्ति देलार परमेस्वरइ कलो जस्ने इ नाम्रो खबर सुनालार धन्दा मइ पाइन। 4 परमेस्वरके मइ बिस्वास गर्लो जस्ने बिस्वास गर्लार मोरो साक्खे छउना जस्ने तितसके, परमेस्वर बुबा र हाम्राइ मुक्ति देलार येसु खिरिस्टइ ताहान्के अनुग्रह र सान्ति देउस्। केरेट ठुठिमा तितसको धन्दा 5 मइ तोर्हाइ अर्हालो अनुसार उथि गरेपर्लार धन्दाहान गरिधारे र हरेक सहरहान्मा मन्डलिको अगुवाहान छानेके लागि मइ तोर्हाइ केरेट ठुठिमा छाडिदिहिन्। 6 मन्डलिको अगुवा पदमा होख्लो मानिस दोस नाहोख्लो, एउटे दुल्हिको दुल्हा, ओख्रो छउना छउनिहान नाम्रो सोभाबको, आग्यापालन गर्लार, बिस्वासि होखे पर्ताइ। 7 मन्डलिको अगुवा परमेस्वरको धन्दा गर्लार होख्लो कारनइ निर्दोस, रिसाहा, आफ्नो खुसिको लागि मात्र गर्लार, जडिया, झगडिया र धनको लोभ गर्लाहार होखेनाहोख्ताइ। 8 बरु सभइ मानिसहान्के पहुनाहान्के जस्ने स्वागत गर्लार, भलाइ गरे मनपरालार, अनुसासनमा बिस्लार, आफिके सम्हाले सक्लार, इमान्दार, सभइके एउटे खाल्को बेबहार गर्लार र पबित्र होखे पर्ताइ। 9 आफिइ पाउलो सत्य सिछामा इस्थिर होखे पर्ताइ, ताकि अरुके पनि ओइ सत्यको सिछाभि उत्साहा देहे सकुस् र ओइ सिछाको बिरोध गर्लारहान्के पनि गल्ति देखाए सकुस्। 10 क्यारेकनि उथि धेरे जना मानिसहान अगुवाहान्को अधिनमा बिसे नामान्लार, फोकट्या गफ गरिकनि मानिसहान्के धोखा देलारहान बाटाइ। अनि खास गरिकनि खतना गरेपर्ताइ कहि कलारहान ओस्ने रतात्। 11 उनहान्को मुखमा बुजो नालगाइ नाहोख्ताइ, क्यारेकनि उनहान्इ आफ्नो खुसिको लागि मात्र गर्लार गलत सिछा सिखाइकनि सभइको घर परिवारमा घालिदेलाटाइ। 12 उनहान मध्यको एक जना ग्यान होख्लो मानिसइ कलोरहिक, “केरेट ठुठिको मानिसहान जन्हा पनि फटाहा बोल्तात्, सन्काइलो कुकुर जस्ने अनि अल्छि घिचुवा बाटाइ।” 13 इ ग्यान होख्लो मानिसइ कलो बोलि सत्य हो। उसिगर्ते उनहान्के कडासिन हप्काहइ, ताकि उनहान सत्य सिछाके बिस्वास गरुस्। 14 र यहुदिहान्इ बनालो गलत काहानिहान र सत्य कुराके इन्कार गर्लार मानिसहान्इ बनालो आग्याहान झिनमानुस्। 15 सुद्द मन होख्लो मानिसहान्को लागि सभइ चिज सुद्द होख्ताइ, तर असुद्द मन र पर्भुके बिस्वास नागर्लारहान्के केइ कुरा पनि सुद्द नाटि, क्यारेकनि उनहान्को मन र बुद्धि असुद्द रताइ। 16 उनहान्इ परमेस्वरके चिन्लोटाहुँ कहिकनि दाबि त गर्तात्, तर उनहान्को ब्यबहारइ उनहान्इ परमेस्वरके नाचिन्लो सबुत देतात्। उनहान घिनलाग्दो र आग्या नामानलार र केइ नाम्रो धन्दा गरे नाजान्तात्। |
© 2024 (Active), Mother Tongue Translators Society and Wycliffe Bible Translators, Inc. All rights reserved.
Wycliffe Bible Translators, Inc.