यर्मिया 2:6 - नेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूले यो सोधेनन्, ‘परमप्रभु कहाँ हुनुहुन्छ, जसले हामीहरूलाई मिश्रदेशदेखि निकालेर ल्याउनुभयो, र हामीहरूलाई उजाड़-स्थानमा डोर्याएर ल्याउनुभयो, मरुभूमि र खाड़लहरू भएको जग्गा, पानी नभएको र घोर अन्धकारको ठाउँबाट जहाँ कोही पनि यात्रा गर्न सक्दैन, जहाँ कोही बस्दैन?’ Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 मैले तिनीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएँ। उजाड-भूमिमा, मरुभूमि र बालुवाका ढिस्कै-ढिस्का भएको, कसैले बास नगरेको, खुट्टाले पनि नटेकेको सुख्खा र जोखिमले भरिएको देशका बीचबाट मैले तिनीहरूलाई डोर्याएर ल्याएँ र पनि तिनीहरूले मेरो केही वास्ता गरेनन्। Sien die hoofstukपवित्र बाइबल6 तिम्रा पिता-पुर्खाहरूले भनेनन्, ‘परमप्रभुले हामीलाई मिश्र बाहिर ल्याउनु भयो। परमप्रभुले हामीलाई अँध्यारो, र जङ्गलको बाटो देखि डोर्याउँदै ल्याउनु भयो। परमप्रभुले हामीलाई सुख्खा र उजाड भूमिमा डोर्याउनु भयो। परमप्रभुले हामीलाई अ न्घकार, र भयानक जग्गामा जहाँ कुनै मानिस बस्दैन, र जुन ठाउँमा मानिसहरू यात्रा गर्दैनन्। त्यहाँ डोर्याउनु भयो। तिनीहरूले सोधेनन्, परमप्रभु कहाँ हुनुहुन्छ?’” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूले यसो भनी सोधेनन्, ‘याहवेह कहाँ हुनुहुन्छ? जसले हामीलाई इजिप्टबाट ल्याउनुभयो; र हामीलाई उजाडस्थानबाट मरुभूमिको ठाउँ र खाडलबाट, सुक्खा भूमि र घोर अन्धकार ठाउँबाट, कुनै मानिस नहिँडेको र कोही नबसेको देशबाट डोर्याउनुभयो?’ Sien die hoofstuk |