यर्मिया 2:20 - नेपाली नयाँ संशोधित संस्करण20 “धेरै अघि नै तैंले आफ्नो जुवा भाँचिदिइस्, र बन्धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्चै, हरेक डाँड़ामाथि, र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याझैँ ढल्किस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल20 सार्वभौम परमप्रभु भन्नुहुन्छ, “ए इस्राएल, धेरै समय अघिदेखि तैँले मेरो अधिकारलाई इन्कार गरिस्, तैँले मेरो आज्ञापालन गर्न र मलाई पुज्न छोडिदिइस्। हरेक अग्लो डाँडामा र हरेक हरियो रूखमुनि तैँले अरू देवी-देवतासँग वेश्याजस्तै कुकर्म गरिस्। Sien die hoofstukपवित्र बाइबल20 “हे यहूदाका मानिसहरू हो! धेरै अघि तिमीहरूले जुवा हटायौ। मैले तिमीहरूलाई जुन डोरीले नियन्त्रण गेर्थें, त्यो तिमीहरूले छिनायौ। तिमीहरूले मलाई भन्यौ, ‘म तपाईंको सेवा गर्दिनँ।’ तिमी प्रत्येक अग्लो पर्वतमाथि, र प्रत्येक हरियो रूखमनि सुत्ने वेश्या झैं हौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण20 “धेरै समयअगि नै तैँले आफ्नो जुवा भाँचिस् र आफ्ना बन्धनहरू फुकाइस्; तैँले भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ अनि प्रत्येक अग्ला डाँडाहरूमाथि र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याजस्तै ढल्किस्। Sien die hoofstuk |