एफिसी 2:3 - नेपाली नयाँ संशोधित संस्करण3 तिनीमध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँथ्यौं, र बाँकी मानिसजस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 हामी पनि एकपल्ट तिनीहरूजस्तै थियौं र आफ्नै शारीरिक स्वभावका इच्छामा लागेका थियौं र आफ्ना शारीरिक स्वभाव र मनले इच्छा गरेका कुरामा नै हिंड्दथ्यौं। हाम्रो आफ्नै स्वभावमा त अरूहरूजस्तै हामीले पनि परमेश्वरको रिसमा पर्नुपर्ने थियो। Sien die hoofstukपवित्र बाइबल3 गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ। Sien die hoofstuk |