Aanlyn Bybel

- Advertensies -




गन्‍ती 5:27 - पवित्र बाइबल

27 जब तिनले उसलाई त्यो पानी पिलाउनेछन् तब यदि त्यो स्त्री आफ्नो पतिसित अविश्वासी रहेकी छे अनि आफू अपवित्र भएकी छे भने त्यस पानीले उसलाई कष्ट गराउनेछ जस्तै त्यसले उसको जिउ सुकिजानेछ अनि पेट फुलिनेछ। त्यो पत्नी आफ्ना मानिसहरू माझमा श्राप परेको जीवन बिताउनेछे।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

27 जब तिनले त्‍यस स्‍त्रीलाई पानी खान लगाउँछन्, त्‍यो बिग्रिएकी छ र त्‍यसले आफ्‍नो पतिको विरुद्धमा अपराध गरेकी छ भने, त्‍यो श्राप ल्‍याउने पानी त्‍यसको पेटभित्र पसेर कटु पीडा ल्‍याउँछ। त्‍यसको पेट सुनिनेछ र त्‍यसका जाँघ सुकिजानेछन्, र त्‍यो स्‍त्री आफ्‍ना मानिसहरूका बीचमा श्रापित हुनेछे।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

27 यदि स्‍त्रीले व्‍यभिचार गरेकी छे भने पानीले त्‍यसको पेट अति नमीठो गरी दुख्‍नेछ, गर्भपात हुनेछ अनि कोख बाँझो हुनेछ। आफ्‍ना मानिसहरूका बीचमा त्‍यसको नाम श्रापित हुनेछ।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यदि त्यस स्त्रीले आफ्नो पतिप्रति विश्‍वासयोग्य नभई आफूलाई अशुद्ध पारेकी छे भने यस्तो परिणाम ल्याउनेछ: जब त्यस स्त्रीलाई श्राप ल्याउने त्यो पानी पिउन दिइन्छ, तब पानी त्यसभित्र पसेर तितो भई कठोर पीडा ल्याउनेछ। त्यसको पेट सुनिनेछ र त्यसको कोख बाँझो हुनेछ। अनि त्यो आफ्ना मानिसहरूका बीचमा श्राप लागेको हुनेछे।

Sien die hoofstuk Kopieer




गन्‍ती 5:27

Volg ons:

Advertensies


Advertensies