लेवीहरू 5:16 - पवित्र बाइबल16 पवित्र चीजहरूसित गरेको पापको निम्ति उसले अपराध बीस प्रतिशत जोडेर फिर्ता दिनुपर्छ। अनि दोषबलिको भेंडाद्वारा चढाएकोमा पूजाहारीले उसको पापको निम्ति प्रायश्चित गर्नेछ अनि उसलाई पाप क्षमा दिनेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण16 त्यसले पवित्र कुरामा जे चुकेको छ त्यसको भर्ना दिनुपर्छ, र त्यसको पाँचौँ भाग अझै थप्नुपर्छ, र पूजाहारीलाई त्यो सबै दिनुपर्छ। पूजाहारीले दोषबलिको भेड़ाद्वारा त्यसको निम्ति प्रायश्चित गर्नेछन्, र त्यसलाई क्षमा हुनेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल16 त्यसले आफूले नचढाएको भेटीको मोल र त्यसमाथि त्यसको अरू पाँचौँ भाग थपेर दिनुपर्नेछ। उसले त्यो पूजाहारीलाई देओस्। पूजाहारीले त्यो पशु त्यस मानिसको पापको लागि बलि चढाओस् र त्यसले क्षमा पाउनेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसले पवित्र चीजहरूको विषयमा जुन कुरा पूरा गर्न सकेन, त्यसको निम्ति त्यसले हर्जाना तिरोस्। त्यसले त्यस मूल्यमा यसको पाँचौँ भाग थपेर पुजारीलाई देओस्, जसले दोषबलिको रूपमा भेडा लिएर त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ। Sien die hoofstuk |