लेवीहरू 26:6 - पवित्र बाइबल6 म तिमीहरूको देशमा शान्ति दिनेछु र तिमीहरू शान्ति साथ बस्न पाउनेछौ। नोक्सानदायक पशुहरूलाई म तिमीहरूको देशबाट निकालिदिनेछु अनि तिमीहरूलाई धम्काउन अथवा डर देखाउन कोही मानिस आउने छैन कारण कुनै सेना तिमीहरूको देश भएर जान पाउँनेछैन। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण6 “‘म देशमा शान्ति दिनेछु। तिमीहरू ढल्केर निदाउनेछौ, र तिमीहरूलाई कसैले तर्साउनेछैन। म देशबाट हिंसक पशुहरूलाई हटाइदिनेछु, अनि तिमीहरूको देशमा लड़ाइँ हुनेछैन। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 “म तिमीहरूका देशमा शान्ति दिनेछु र कसैको डरबिना तिमीहरू सुत्नेछौ। तिमीहरूका देशबाट डरलाग्दा जनावरहरू हटाउनेछु र त्यहाँ लडाइँ हुनेछैन। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 “ ‘म देशमा शान्ति दिनेछु; र तिमीहरू डरविना सुत्नेछौ। म देशबाट हिँस्रक पशुहरू हटाइदिनेछु र तिमीहरूको देशमा तरवार चल्नेछैन। Sien die hoofstuk |