लेवीहरू 23:21 - पवित्र बाइबल21 तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तौ-पुस्तासम्म चलि रहने छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण21 त्यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल21 त्यस दिन आफ्नो सधैँको दैनिक काम कसैले नगर्नू तर सबैजना उपासनाको निम्ति एक साथ भेला हुनू। तिम्रा सन्तानले तिनीहरू जहीँ बास गरे तापनि यो नियम, आउँदा दिनहरूमा सदाकालको निम्ति मान्नुपर्नेछ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण21 त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो। Sien die hoofstuk |