लेवीहरू 23:13 - पवित्र बाइबल13 अंडीरको तेलमा मिसाएको सोलह बटुको मसिनो पीठोको अन्नबलि पनि चढाउनुपर्छ। तिमीहरूले पनि चढाउनु पर्छ र तिमीहरूले एक लीटर मद्य चढाएको बलिको बास्नाले परमप्रभुलाई आनन्दित पार्नेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण13 त्यससँगको अन्नबलिचाहिँ परमप्रभुको निम्ति एक मीठो बास्ना, आगोद्वारा चढ़ाइने बलि स्वरूप तेलमा मुछेको एक पाथी मसिनो पीठो होस्। अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल13 त्योसित जैतुनको तेल मिसाएको दुई किलोग्राम पीठो पनि अन्नबलिको रूपमा चढाउनू। यो भेटीको सुबास्नाले परमप्रभुलाई खुसी पार्नेछ। त्योसित एक लिटर दाखमद्य पनि तिमीहरूले भेटी चढाउनू। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यससित एपाको दशौँ भागको दुई भाग मसिनो पिठो जैतुन तेलसँग मिसाएर अग्निबलि याहवेहलाई मनपर्ने बास्ना हुने गरी र एक हिन दाखमद्य अर्घबलिस्वरूप चढाउनू। Sien die hoofstuk |