विलाप 1:7 - पवित्र बाइबल7 यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीजहरू भएको सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको, र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे र तिनीहरू हाँसे। किनभने ऊ ध्वंश भएकी थिई। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण7 यरूशलेमले आफ्ना दु:ख र सङ्कष्टका दिनमा उहिले भएका आफ्ना सबै बहुमूल्य कुराहरूको सम्झना गर्छ। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, त्यसलाई सहायता गर्ने कोही पनि थिएन, त्यसका शत्रुहरूले त्यसलाई हेरे, र त्यसको विनाशमा ठट्टा गरे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल7 यरूशलेमको आफ्नो नाश भएको दिनमा त्यसले पहिलेको गौरवको सम्झना गर्दछ। जब त्यो शत्रुको हातमा पर्यो, त्यसलाई सहायता गर्ने कोही पनि थिएन; त्यसलाई विजय गर्नेहरूले त्यसको पतन भएकोमा ठट्टा गरे। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यरूशलेमले सङ्कष्ट र भौँतारिएको बेलामा आफ्ना धनसम्पत्तिको सम्झना गर्दछे, जुन धनसम्पत्ति त्यसका बितेका पुराना दिनहरूमा थिए। जब त्यसका मानिसहरू शत्रुहरूका हातमा परे, तब त्यसलाई मदत दिने कोही पनि थिएन। त्यसका शत्रुहरूले त्यसलाई देखे, र त्यसको विनाशमा ठट्टा गरे। Sien die hoofstuk |