यर्मिया 5:14 - पवित्र बाइबल14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण14 यसकारण सर्वशक्तिमान् परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: “ती मानिसहरूले यस्ता कुरा भनेका हुनाले, म मेरो वचन तेरो मुखमा आगो र यी मानिसहरूलाईचाहिँ भस्म हुने दाउरा तुल्याउनेछु।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल14 सर्वशक्तिमान् परमेश्वर परमप्रभुले मलाई भन्नुभयो, “हे यर्मिया, यी मानिसहरूले यस्ता कुरा भनेका कारणले म तेरो मुखमा मेरा वचनहरू आगोझैँ बनाउनेछु र यी मानिसहरूलाई चाहिँ दाउराझैँ बनाउनेछु र त्यस आगोले तिनीहरूलाई भस्म पार्नेछ।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण सेनाहरूका याहवेह परमेश्वर यसो भन्नुहुन्छ: “यी मानिसहरूले यस्तो वचन बोलेका हुनाले, म मेरो वचनलाई तेरो मुखमा आगो बनाउनेछु, र यी मानिसहरूलाई चाहिँ दाउरालाई भस्म पारेजस्तै भस्म पार्नेछु।” Sien die hoofstuk |