यर्मिया 4:19 - पवित्र बाइबल19 हाय मेरो वेदना, मेरो वेदना! म मनोव्यथामा छु! हे मेरो हृदय! मेरो मुटुले मभित्र प्रहार गरिरहेछ। म चूपचाप बस्न सक्तिनँ, किनभने मैले तुरहीको आवाज सुनेको छु। अनि तुरहीले, सैनिकलाई युद्ध तर्फ बोलाइरहेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण19 हाय, मेरो वेदना, मेरो वेदना! पीडाले म मड़ारिन्छु! हाय, मेरो हृदयको वेदना! मेरो मुटु मभित्र हल्लिन्छ। म चूप लागी रहन सक्दिनँ, किनकि तुरहीको आवाज मैले सुनेको छु, लड़ाइँको ध्वनि मैले सुनेको छु। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल19 पीडा, म यो पीडा सहन सक्दिनँ! मुटु! मेरो मुटु जोडले ढुकढुक भइरहेछ! म चुपचाप बस्न सक्दिनँ; म तुरहीको आवाज र लडाइँको कोलाहल सुन्दछु। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हाय, मेरो पीडा! मेरो पीडा! म कष्टमा छटपटाउँछु! हाय, मेरो हृदयको वेदना! मेरो हृदय जोडसित धड्कन्छ! म चुपचाप रहन सक्दिनँ। किनकि मैले तुरहीको आवाज सुनेको छु; मैले युद्धको ध्वनि सुनेको छु। Sien die hoofstuk |