यर्मिया 3:6 - पवित्र बाइबल6 योशियाह राजाले यहूदामा राज गरेको समयमा परमप्रभुले मलाई भन्नुभयो, “यर्मिया, इस्राएलले गरेको पाप तिमीले देख्यौ? तिमीले देख्यौ कि ऊ मप्रति अविश्वासी छ। तिनले प्रत्येक पहाडमाथि अनि हरियो रूख मनि व्यभिचार गरिरहेकी थिई। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण6 योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएलले के गर्यो, के तैंले देखेको छस्? त्यो गएर हरेक डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि त्यसले व्यभिचार गरेकी छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 योशियाह राजा छँदा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासयोग्य स्त्रीले जस्तै इस्राएलले के-के गर्यो, के तैँले देखिस्? त्यसले मतिर आफ्नो पिठिउँ फर्काई र हरेक डाँडामा र हरेक हरियो रूखमुनि व्यभिचार गरी। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 राजा योशियाहको शासनकालमा याहवेहले मलाई भन्नुभयो, “इस्राएलले कस्तो विश्वासघाती काम गरेको छ, के तैँले देखेको छस्? इस्राएल प्रत्येक अग्लो डाँडा र हरेक झ्याम्म परेको रूखमुनि गएर त्यसले त्यहाँ व्यभिचार गरेकी छे। Sien die hoofstuk |