यर्मिया 2:3 - पवित्र बाइबल3 इस्राएलका मानिसहरू परमेश्वरका निम्ति पवित्र उपहार थिए। तिनीहरू परमेश्वरले बटुल्नु भएको प्रथम फल थिए। अनि ज-जसले तिनीहरूलाई नोक्साम पुर्याए उनीहरूलाई दोषी साबित गरियो, अनि तिनीहरूमाथि कष्ट आइपर्यो।’” यो सन्देश परमेश्वरबाट आएको थियो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 इस्राएल आफ्ना परमप्रभुको निम्ति पवित्र थियो, त्यो उहाँको फसलको अगौटे फल थियो। त्यसलाई निल्नेहरू सबै दोषी ठहरिए, र विपत्ति उनीहरूमाथि आइलागे,” परमप्रभु भन्नुहुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 इस्राएल, तँ मेरो निम्ति पवित्र थिइस् र मलाई चढाएको कटनीको अगौटे फल थिइस्। तँलाई हानि गर्ने प्रत्येकलाई मैले कष्ट र विपत्ति पठाइदिएँ। म परमप्रभु बोलेको छु’।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेहका निम्ति इस्राएल पवित्र थियो; उहाँको फसलको पहिलो फल थियो; इस्राएललाई निल्नेहरू सबै दोषी ठहरिए; अनि तिनीहरूमाथि विपत्ति आइलाग्यो,’ ” याहवेह घोषणा गर्नुहुन्छ। Sien die hoofstuk |