यर्मिया 12:6 - पवित्र बाइबल6 ती मानिसहरू तिम्रा आफ्नै दाज्यू-भाइहरू हुन्। तिम्रा आफ्नै परिवारका सदस्यहरूले तिम्रै विरूद्धमा षड्यन्त्र रचिरहेकाछन्। तिनीहरू तिम्रो विरूद्धमा जोरसित कराउँछन्। तिनीहरूले मीठा कुराहरू गरे पनि तिनीहरूमाथि भरोसा नगर। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारले नै तँसित विश्वासघात गरेका छन्। तिनीहरू तेरो विरुद्धमा जोडसित कराउँदैआएका छन्। तिनीहरूले तँसित मीठा कुरा गरे तापनि तैंले तिनीहरूमाथि भरोसा नगर्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका मानिसहरूले तँलाई धोका दिएका छन्। तिनीहरू तेरो विरुद्धमा आक्रमण गर्न आएका छन्। तिनीहरूले तँसित मीठा कुरा गरे पनि तिनीहरूका कुरा नपत्या।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तेरा दाजुभाइहरू, तेरा आफ्नै परिवारका सदस्यहरू, तिनीहरूले समेत तँलाई धोका दिएका छन्; तिनीहरूले तेरो विरुद्धमा बोलेका छन्। तिनीहरूले तँसँग मिठा-मिठा कुरा गरेका छन्, तापनि तिनीहरूलाई विश्वास नगर्। Sien die hoofstuk |