यर्मिया 1:15 - पवित्र बाइबल15 म चाँडै उत्तर राज्यहरूका सम्पूर्ण मानिसहरूलाई बोलाउनेछु।” परमप्रभुले ती कुराहरू भन्नुभयो। “ती राज्यहरूका राजाहरू आउनेछन् अनि यरूशलेमको प्रवेशद्वारको छेउमा आफ्ना सिंहासनहरू बसाउनेछन्। तिनीहरूले यरूशलेम शहरका पर्खालहरूमाथि आक्रमण गर्नेछन्। तिनीहरूले यहूदाका सबै शहरहरूमाथि आक्रमण गर्ने छन्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण15 म उत्तरका राज्यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्नुहुन्छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्ने ठाउँमा स्थापना गर्नेछ। उनीहरू त्यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल15 किनभने म उत्तरका सबै जातिहरूलाई बोलाउँदै छु। तिनीहरूका राजाहरूले आ-आफ्ना सिंहासन यरूशलेमका मूल-ढोकाहरूमा र पर्खालका चारैपट्टि र यहूदाका अरू सबै सहरहरूका चारैतिर पनि बसाल्नेछन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण15 म उत्तरी राज्यहरूका सबै जातिहरूलाई भेला गराउन लागेको छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूका राजाहरू आउनेछन्, र यरूशलेमका मूलढोकाहरूको मुखमा तिनीहरूले आफ्ना सिंहासनहरू स्थापित गर्नेछन्; तिनीहरू त्यसका चारैतिरका पर्खालहरूको विरुद्धमा र यहूदाका सबै नगरहरूको विरुद्धमा आउनेछन्। Sien die hoofstuk |