यर्मिया 1:11 - पवित्र बाइबल11 परमप्रभुको सन्देश मकहाँ आयो। यो सन्देश परमप्रभुबाट नै आएको थियो: “यर्मिया, तिमीले के देख्छौं?” मैले परमप्रभुलाई भनें, “म हाडे बदामको काठबाट बनिएको एउटा लट्ठी देख्छु।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्छस्?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्दैछु।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 परमप्रभुले मलाई सोध्नुभयो, “ए यर्मिया, तैँले के देख्दैछस्?” मैले जवाफ दिएँ, “हाडे-बदामको रूखको एउटा हाँगा देख्छु।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 याहवेहको यो वचन मकहाँ आयो: “यर्मिया तँ के देख्दैछस्?” मैले जवाफ दिएँ, “म हाडे-बदामका रूखको एउटा हाँगा देख्दैछु।” Sien die hoofstuk |