हिब्रू 1:3 - पवित्र बाइबल3 पुत्रले परमेश्वरको महिमा प्रतिबिम्बित गर्नुहुन्छ। उहाँ परमेश्वरको स्वभावको पूर्ण प्रतिरूप हुनुहुन्छ। उहाँले हरेक कुरालाई आफ्नो शक्तिशाली आदेशको अधीनमा राख्नुहुन्छ। उहाँले मानिसहलाई उनीहरूको पापहरूदेखि शुद्ध तुल्याउनु भयो र स्वर्गमा परमेश्वरको दाहिने हातपट्टि बस्नुभयो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण3 उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल3 परमेश्वरको ठूलो उज्यालो उहाँमा चम्कन्छ। उहाँ परमेश्वरको साँचो रूप हुनुहुन्छ। उहाँको शक्तिशाली वचनले नै आकाश र पृथ्वीका सबै कुरा अडिएका छन्। मान्छे जातिलाई पापबाट क्षमा दिलाउने काम सकेपछि उहाँ सर्वोच्च परमेश्वरको दाहिनेपट्टि बस्नुभएको छ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पुत्रचाहिँ परमेश्वरको महिमाको चमक र उहाँ परमेश्वरकै स्वभावको दुरुस्त प्रतिरूप हुनुहुन्छ, र उहाँले आफ्नो शक्तिशाली वचनद्वारा सबै थोकहरू सम्हाल्नुहुन्छ। उहाँले पापहरूका लागि शुद्धीकरणको प्रबन्ध मिलाउनुभयो, र उहाँ स्वर्गमा महामहिमको दाहिने हातपट्टि विराजमान हुनुभयो। Sien die hoofstuk |