एफिसी 2:11 - पवित्र बाइबल11 तिमीहरू गैर-यहूदी भएर जन्म्यौ। यहूदीहरूले तिमीहरूलाई “खतनाहीन” भन्छन्। तिमीहरूलाई “अशिश्नछेदित” भन्ने यहूदीहरू आफूलाई चाँहि “खतनाका” भन्छन्। तिनीहरूको शरीर मानव हातले खतना गरिएको छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण11 यसकारण याद राख, अघि तिमीहरू शरीरअनुसार अन्यजाति छँदा शरीरमा हातबाट खतना गरिएकाहरूले तिमीहरूलाई बेखतनाका मान्दथे। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल11 एक समय तिमीहरू कस्ता थियौ, सम्झ। शरीरको अङ्गमा हातद्वारा खतना लाउने इस्राएलीहरूले आफैंलाई शरीरमा खतना लाएका र तिमीहरूलाई खतना नलाउने अरू जातिका मानिस भन्छन्। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण11 यसकारण याद राख, अगिबाटै तिमीहरू, जो जन्मँदै गैरयहूदीहरू हौ, जसलाई आफ्नो “खतना” (जुन शरीरमा मानिसका हातहरूद्वारा गरिन्छन्) भएकाहरूले “बेखतनाका” भनिन्थ्यो। Sien die hoofstuk |