Aanlyn Bybel

- Advertensies -




उपदेशक 4:4 - पवित्र बाइबल

4 मैले फेरि सोचें, “मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।” मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

Sien die hoofstuk Kopieer

नेपाली नयाँ संशोधित संस्करण

4 अनि मैले यो देखें कि सबै परिश्रम र उपलब्‍धिहरूचाहिँ मानिसले आफ्‍नै छिमेकीलाई ईर्ष्‍या गरेको कारणबाट मात्र हुँदारहेछन्‌। यो पनि व्‍यर्थ, र बतासलाई खेदेको जस्‍तो मात्र हो।

Sien die hoofstuk Kopieer

सरल नेपाली पवित्र बाइबल

4 मानिसहरू सफलता प्राप्‍त गर्न किन अति परिश्रम गर्छन्, त्‍यो पनि मैले जानेको छु। आफ्‍ना छिमेकीहरूसित ईख भएकाले तिनीहरू त्‍यसो गर्छन्। त्‍यो व्‍यर्थ छ। त्‍यो हावालाई खेदेझैँ हो।

Sien die hoofstuk Kopieer

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अनि मैले देखेँ, मानिसका सम्पूर्ण परिश्रम र उपलब्धीहरूको मूलचाहिँ त्यसको आफ्ना छिमेकीमाथि भएको डाह हो। यो पनि अर्थहीन छ, बतासलाई खेदेको जस्तो मात्र हो।

Sien die hoofstuk Kopieer




उपदेशक 4:4

Volg ons:

Advertensies


Advertensies