उपदेशक 2:26 - पवित्र बाइबल26 यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन्, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण26 जुन मानिसले परमेश्वरलाई खुशी तुल्याउँछ त्यसैलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ। तर पापीलाई चाहिँ उहाँले परमेश्वरलाई खुशी तुल्याउने व्यक्तिको निम्ति धन-सम्पत्ति जम्मा गर्ने र थुपार्ने काम दिनुहुन्छ। यो पनि व्यर्थ, र बतासलाई खेदेको जस्तो मात्र हो। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल26 जसलाई मनपर्छ, उसलाई परमेश्वरले ज्ञान, बुद्धि र सुख दिनुहुन्छ तर पापीहरूलाई उहाँले परिश्रम गरी कमाउनु र कमाइबाट बचाउनुहुन्छ र त्यो बचाएको कमाइ पनि उहाँले जसलाई मनपर्छ, उसलाई नै दिनुहुन्छ। यी सबै व्यर्थ हुन्। यो हावालाई खेदेजस्तै मात्र हो। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जुन मानिसले परमेश्वरलाई खुशी पार्दछ, त्यसलाई उहाँले बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ; तर पापीलाई चाहिँ उहाँले धनसम्पत्ति जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ; यसरी ती कुराहरू पनि उहाँलाई खुशी पार्नेले नै प्राप्त गर्दछ। यो पनि अर्थहीन र बतासलाई खेदेजस्तो मात्र हो। Sien die hoofstuk |