दानिएल 1:10 - पवित्र बाइबल10 नपुंसकहरूका प्रमुखले दानियललाई भने, “मलाई डर लाग्छ, किनभने मेरा परमप्रभु राजाले मलाई तिमीले यो भोजन खाएको अनि यो दाखरस पिएको हेर्नु भनी आदेश दिनु भएको छ। यदि तिमीले यो भोजन खाएनौ भने तिमी बिमार अनि दुर्बल हुनेछौ। राजाले यो देख्नु हुनेछ र मसित रिसाउनु हुनेछ। हुन सक्छ, मेरो टाउको काटिइनेछ अनि यो दोष तिम्रो हुनेछ।” Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण10 तर अधिकृतले दानिएललाई भने, “तिमीहरूले खाने र पिउने कुराहरूका सम्बन्धमा मलाई खटाउनुहुने मेरा स्वामी महाराजादेखि म डराउँछु। तिमीहरूका उमेरका अरू जवानहरूभन्दा तिमीहरू उहाँको सामु किन कमसल अवस्थाका देखिनु र? तिमीहरूको कारणले गर्दा महाराजाले मेरो शिर उड़ाइदिनुहुनेछ।” Sien die hoofstukसरल नेपाली पवित्र बाइबल10 तर अशपेनज राजासित डराउँथे र उनले दानिएललाई भने, “तिमीले के खाने र के पिउने हो, सो राजाले खटाइदिनुभएको छ र तिमी अरू ठिटाहरूझैँ हट्टाकट्टा देखिएनौ भने उहाँले मेरो ज्यान लिनुहुनेछ।” Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर त्यस अधिकारीले दानिएललाई भने, “मलाई मेरा आदेश दिने राजा, मेरा मालिकदेखि म डराउँछु, जसले तिमीहरूलाई राजकीय भोजन र दाखमद्यका सम्बन्धमा मलाई खटाउनुभएको छ। तिमीहरूका उमेरका अरू जवान मानिसहरूभन्दा तिमीहरू किन खराब अवस्थाका देखिनु र? तिमीहरूका कारणले गर्दा राजाले मेरो ज्यान लिनुहुनेछ।” Sien die hoofstuk |