कलस्सी 1:5 - पवित्र बाइबल5 तिमीहरूमा आशा भएको कारणले नै तिमीहरूको ख्रीष्टमा विश्वास छ र परमेश्वरका सबै जनहरूलाई तिमीहरू प्रेम गर्छौ। तिमीहरूले आशा गरेको कुरो तिमीहरूका लागि स्वर्गमा साँचेर राखिएकोछ भन्ने तिमीहरू जान्दछौ। तिमीहरूले यो आशा बारे सत्य शिक्षाबाट सुसमाचार सिक्यौ जुन तिमीहरूलाई भनिएको छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 जुनचाहिँ तिमीहरूका निम्ति स्वर्गमा राखिएका आशाको कारणले नै हो। यस विषयमा तिमीहरूले अघि नै सत्यको वचन, अर्थात् सुसमाचारमा सुनेका छौ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 तिमीहरूको लागि स्वर्गमा सुरक्षासँग राखिएको आशाले गर्दा तिमीहरूले यस्तो विश्वास र प्रेम गरेका हौ। यो आशाको विषयमा अघिदेखि नै खुसीको सत्य सन्देशमा तिमीहरूले सुन्यौ। Sien die hoofstukपवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यो विश्वास र प्रेम जुन आशाबाट पलाएर आउँछ, त्यो तिमीहरूको लागि स्वर्गमा जम्मा गरिएको छ, र यस विषयमा तिमीहरूले अगि नै सुसमाचारको सत्य वचनमा सुनिसकेका छौ। Sien die hoofstuk |