गन्ती 4:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब छाउनी सार्नुपर्ने हुन्छ, तब हारून र उसका छोराहरू भित्र गएर छेक्ने पर्दा तल झारून् र साक्षी पाटीको सन्दुकलाई ढाकून्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण5 छाउनी प्रस्थान गर्दा हारून र त्यसका छोराहरू भित्र गएर छेक्ने पर्दा उतारी गवाहीको सन्दूक त्यसैले ढाकिदेऊन्। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल5 परमप्रभुले मोशालाई यी तल लेखिएका आदेशहरू दिनुभयो। जब छाउनी उठाउने समय हुन्छ, तब हारून र तिनका छोराहरू पवित्र पालमा गएर करारको सन्दुकको सामुन्ने लाएको पर्दा हटाएर त्यसले सन्दुकलाई ढाक्नेछन्। Sien die hoofstukपवित्र बाइबल5 “जब इस्राएलीहरू नयाँ क्षेत्रमा सर्न तयार हुन्छन्, हारून र तिनका छोराहरूले भेट हुने पाल पर्दा तल झार्नु पर्छ अनि यसले करारको सन्दूकलाई ढाक्नु पर्छ। Sien die hoofstuk |