गन्ती 10:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 “पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण2 “दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्थान गर्दा ती प्रयोग गर्नू। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल2 “मानिसहरूलाई भेला गराउनलाई अनि छाउनी उठाउन भनी जनाउनलाई एक जोर पिटेका चाँदीका तुरही बना। Sien die hoofstukपवित्र बाइबल2 “दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनु। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नुपर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ। Sien die hoofstuk |