यर्मिया 8:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 के तिनीहरू आफ्ना घृणित आचरणहरूप्रति लज्जित छन् र? अहँ, तिनीहरूलाई अलिकति पनि लाज लाग्दैन। तिनीहरू कसरी लाज मान्ने भन्ने पनि जान्दैनन्। यसकारण तिनीहरू पतन भएकाहरूसँग पतन हुनेछन्। जब म तिनीहरूलाई दण्ड दिन्छु, तब तिनीहरू नष्ट हुनेछन्, याहवेह भन्नुहुन्छ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण12 के तिनीहरू आफ्ना घिनलाग्दो चालचलनदेखि लज्जित छन् र? अँहँ, तिनीहरू कत्ति पनि लज्जित छैनन्। लाजले रातो हुनु के हो, तिनीहरू जान्दैनन्। यसैले पतन हुनेहरूसँग तिनीहरूको पतन हुनेछ। तिनीहरूलाई दण्ड दिँदा तिनीहरू नष्ट हुनेछन्, परमप्रभु भन्नुहुन्छ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल12 ए मेरा प्रजा, यी घिनलाग्दा काम गरेकोमा के तिमीहरूलाई लाज लागेन? अँहँ, तिमीहरू ठ्याम्मै लज्जित भएनौ। लाज भनेको के कुरा हो, तिमीहरूले जान्दै-जानेनौ। यसकारण अरू नाश हुनेहरूझैँ तिमीहरू पनि नाश हुनेछौ। मैले तिमीहरूलाई दण्ड दिएको समयमा तिमीहरू नष्ट हुनेछौ। म परमप्रभु बोलेको छु। Sien die hoofstukपवित्र बाइबल12 तिनीहरू आफ्ना नराम्रा कामहरूदेखि लज्जित हुनै पर्छ। तर तिनीहरू पटक्कै लज्जित छैनन्। कसरी लज्जित हुनु तिनीहरू जान्दैनन्। यसर्थ जब म तिनीहरूलाई सजाय दिनेछु तिनीहरू अरू मानिसहरूसितै तल झर्छन।’” परमप्रभु यसो भन्नुहुन्छ। Sien die hoofstuk |