उपदेशक 2:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 बुद्धिमान्को आँखा उसको शिरमा हुन्छ, तर मूर्खचाहिँ अँध्यारोमा हिँड्डुल गर्छ; तर मैले यो थाहा गरेँ कि, यी दुवैको अन्त्य एउटै हुँदोरहेछ। Sien die hoofstukनेपाली नयाँ संशोधित संस्करण14 बुद्धिमान् मानिसका आँखा त्यसको शिरमा हुन्छन्, तर मूर्खचाहिँ अन्धकारमा हिँड्छ। तर मैले थाहा पाएँ कि यी दुवैमाथि एउटै दशा आइपर्नेछ। Sien die hoofstukसरल नेपाली पवित्र बाइबल14 आफू कहाँ जाँदै छ, सो बुद्धिमान् मानिसले देख्न सक्छ तर मूर्खले देख्न सक्दैन।” तर म यो पनि जान्दछु कि ती दुवैलाई एउटै भाग्यले पर्खिरहेको हुन्छ। Sien die hoofstukपवित्र बाइबल14 यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अँध्यारोमा हिँड्ने मानिस जस्तै हो। तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्। Sien die hoofstuk |